इनरुवा / सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा ५ स्थित रहेको अरविन्द पल्प एण्ड पेपर मिलमा कार्यरत्त मजदुरहरुलाई श्रम शोषण गर्दै आएको खवर सार्वजनिक भएको छ ।
सो उद्योगमा कार्यरत ज्यालादारी मजदुरहरुमाथी अरविन्द पल्प एण्ड पेपर मिलका संचालक अंकित अग्रवालले श्रम शोषण गरी पीडित बनाइएको कारण उनीहरु एक महिनादेखी आन्दोलीत समेत बनेका छन् ।
पेपर मिलका संचालक अंकित अग्रवालले ज्यालादारीमा काम गर्ने कामदारहरुलाई नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सूरक्षा मन्त्रालयले श्रम ऐन २०७४ को दाफा १०६ बमोजिम २०८० साउन १ गते लागु हुने गरी जारी गरेको न्यूनतम पारिश्रमिक र आधारभुत पारिश्रमिक समेत नदिएको पीडित श्रमिकहरु बताउँछन् ।
उता मिलका संचालक अग्रवालसँग फोन सम्पर्कमा कुरा गर्दा उनले भने “हामीले महिला कामदारहरुलाई ४२० रुपैयाँ प्रतिदिन दिने गरेको र पूरुष कामदारहरुलाई प्रतिदिन ६१० रुपैयाँ दिने गरेकोे बताए ।
तर मिलका सञ्चालक अग्रवाल सहितका केही व्यक्तिहरुले कामदारहरुमाथी अन्याय, अत्याचार गर्ने गरेको र ज्यालादारी मजदुरहरुमाथी झुठा आरोप प्रत्यारोप लगाउनुका साथै बिना कारण स्पष्टीकरण माग्ने गरेको पीडित मजदुरहरुले आरोप लगाएका छन् ।तर उद्योगी व्यवसायीले उद्योगमा कार्यरत करिव एक चौथाइ मजदुरलाई नियमित मजदुरको रूपमा राख्ने र बाँकी ७५ प्रतिशत मजदुरलाई ठेकेदारमार्फत राखेर उनीहरूको श्रम शोषण गर्दै आएका खुलासा भएका छन ।
ठेकेदारमार्फत काममा जाने मजदुरले न्यूनतम् ज्याला समेत पाउन सकेका छैनन् । यति मात्र नभएर ठेकेदारमार्फत काम गर्ने मजदुर सामाजिक सुरक्षा कोषमा सूचीकृत समेत भएकोे, कामदारहरुसँग कुनै किसिमको सम्झौता नगरेको, सञ्चय कोष, उपदान, बिरामी तथा घर बिदासमेत नपाउने गरेको मजदुरको गुनासो छ । यता उद्योगमा काम गर्ने मजदुरहरुको गुनासो यति मात्रै छैन् । मिलका संचालकले मनपर्दी मजदुरलाई बोलाउने गरेको र काम नहुदाँ घर समेत पठाउने गरेको तथ्य बाहिरिएको छ । उता सञ्चालक अग्रवालले हिजाे ज्यालादारी मजदुरसँग गरेको सहमति विपरीत काम गर्न तल्लीन रहेको उद्योग स्राेतले बताइएको छ ।
Discussion about this post