इनरुवा । राजनीतिक हस्तक्षेपका कारण सधै बदनाम कमाउँदै आएको जिल्ला अस्पताल सुनसरी पछिल्लो समय राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्र बन्न थालेको छ ।
कोशी प्रदेश सरकारले जिसस प्रमुख अध्यक्ष रहने जिल्ला अस्पताल विकास समितिमा सदस्य राजनीतिक नियुक्ति हुने ऐन खारेज गरेपछि यसअघिको प्रदेश सरकारमामा सहभागि दलहरुलाई खुसी बनाउने गरी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र निकट नेताहरुका मान्छे भर्ती गरिएको हो ।
कोशी प्रदेश सरकारले जिसस प्रमुख अध्यक्ष रहने जिल्ला अस्पताल विकास समितीमा सदस्य राजनितिक नियुत्ती हुने ऐन खारेज गरेपछि निमीत्त मेडिकल सुपरिटेन्डेन्टले नेपाली काग्रेस र नेकपा माओवादी केन्द्रका नेताका मान्छे भर्ती गरिएको हो ।
अस्पताल विकास समिती नभएको अवश्थामा निमित्त मेडिकल सुपरिटेन्डेन्ट श्रेया पंगेनीले नेपाली काग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुको सिफारिसमा विभिन्न पदमा १४ जना कर्मचारी नियुक्त गरेकी छन ।
जिल्ला अस्पताल सुनसरी कर्मचारी स्रोतका अनुसार निमित्त मेसु पंगेनीले विभिन्न पदमा डोर हाजिर गराउदै राखेकका कर्मचारीमा काजल मेहता, सुचित्राकुमार मेहता, अशोक मेहता, प्रियाकुमारी चौधरी, रविन्द मेहता, रामकुमार मेहता, रविन मेहता, मैया दाहाल, माहादेव ठाकुर, रामकृष्ण चौधरी, बालकुमारी बिक, प्रणिन मण्डल, कल्पना भुजेल र सुनिता माझी रहेका छन ।
उनीहरुलाई हाल भर्ना गरिपनि नियुक्तीपत्र लगायत सेवा सुविधाहरु भने पुरानो मितीकै राखेर तलब खुवाउन थालिएको अस्पताल स्राेतकाे दावी छ ।
हाल अस्पतालमा डोर हाजिरमा जागिर खाएका सवैजना अस्पतालसँग समबन्धीत कुनैपनि बिषयमा दक्षता र ज्ञान हासिल नभएका व्यत्तीहरु रहेकाले अस्पतालमा दलका कार्यकर्ताहरु भर्ती हुदाँ दक्ष जनशक्ती अभावमा काम गर्न कठिनाई हुन थालेको स्वास्थ्यकर्मीहरु बताउछन ।
जिल्ला अस्पताल सुनसरीका तत्कालिन मेडिकल सुपरिटेन्डेन्ट देवराज घिमिरेले २०८० साल साउन महिनामा सार्वजनिक सुचना प्रकाशित गरेर करार सेवामा खुल्ला प्रतिष्पर्धामा लिखित मौखिक र प्रयोगात्मक परिक्षा लिएर ३५ जना कर्मचारी तथा स्वास्थ्यकर्मी भदौ महिनामा नियुक्त गरेका थिए ।
प्रदेश सरकारको माताहातमा रहेको जिल्ला अस्पतालमा उक्त भर्ना प्रकृयामा राजनितिक दलका नेताहरुले नाम टिपाएका कार्यकर्ता परिक्षामा फेल भएपछि नियुत्ती हुन नसक्दा असन्तुष्ट बनेका दलका नेताहरुले प्रदेश सरकार स्वास्थ्य मन्त्रालयमा चर्को दवाव दिएर मेसु डाक्टर देवराज घिमिरेलाइ्र्र हटाएर श्रेया पंगेनीलाई मेसु बनाएर ल्याएका थिए ।
हालकी मेसु पंगेनीसहितका केही कर्मचारीले नेपाली काग्रेसका नेताहरु र नेकपा माओवादी केन्द्रका नेताहरुलाई रिझाउनका लागि कार्यकर्ता भर्ती गर्ने कार्यसगै अस्पतालको विभिन्न खरिद प्रकृया र ठेक्का टेण्डरमा समेत दलका नेताहरुको सिफारिसमा कार्यकर्ता रहेका व्यत्तीहरुले पाउने गरेको स्रोतको दावी रहेको छ ।
राजनितिक दलका नेताहरुको निर्देशनमा काम गर्दै आएकी निमित्त मेसु श्रेया पंगेनीको स्वास्थ्य मन्त्रालयले सरुवा गरेपनि उक्त सरुवा बदर गराउन इनरुवाकै नेताहरु लागरे रोकेको स्रोतका दावी रहेको छ ।
नवौ तहका जिल्ला अस्पताल सुनसरीमा दरवन्दी भएका उस अगाडी कोरोना सक्रमणका समयमा मेसु रहेका सन्तोष राई सरुवा भएर आएपनि उनलाइ्र्र राजनितिक दलका नेताहरु मेसु बन्न नदिन पंगेनीलाई थमौती गरेको बताइन्छ।,
Discussion about this post