इनरुवा । इनरुवा नगरपालिकाको उत्तरतर्फ रहेको गणेशपुर–छप्की–भलुवाई गाँउसँगको इनरुवाको आवतजावत सम्बन्ध बिच्छेद भएको छ ।
मनसुनी वर्षासँगै कुरुवा खोलामा आएको बाढीका कारण जिर्ण अवश्थामा रहेको पुलमा आवतजावत गर्ने सडक पानीले भत्काएपछि बुधवारदेखि सवारीसाधन आवतजावत गर्ने सडक अवरुद्ध हुँदा गणेशपुर–छप्की–भलुवाई गाँउसँगको समबन्ध बिच्छेद भएको हो ।
इनरुवा ३ महेन्द्रचोक हुदै कुरुवाखोला पुलबाट इनरुवा ४ गणेशपुरसहित रामधुनी ८ नम्बर वडाको पूर्वी भागका गाउँ, इनरुवा ९ डुम्राहामा रहेका भलुवाई छप्की गाउँका स्थानीयहरु सडक अवरुद्ध बनेपछि सिधा बाटोबाट इनरुवा आउन रोकिएका हुन् ।
साना ठुला सवारीसाधन आवतजावत गर्ने सडक भत्किएपछि सो क्षेत्रका स्थानीयहरु लामो बाटो भएर इनरुवा ३ सखुवागाछी हुँदै रामधुनी ९ मर्चैयाबाट डुम्राहातर्फ आवतजावत गर्न थालेका छन्।
सवारीसाधनमा आवतजावत गर्ने इनरुवा ४ गणेशपुरका स्थानीयहरु इनरुवा ३ चिनी मिल र इनरुवा ४ रेडक्रसको सडक हुँदै गाँउ आउजाउ गर्न थालेका छन्।
जोखिम मोलेर साइकल र मोटसाइकल डोर्याएर आवतजावत गरिरहेका स्थानीयहरुले यसवर्षको वर्षाको मौसममा छोटो सिधा सडकका रुपमा रहेका गणेशपुर कुरुवा खोलाको पुल बन्द भएपछि लामो बाटो प्रयोग गरेर हिडने अवश्था आएको बताउँछन् ।
गत चैत महिनादेखि कुरुवा खोलामा एडीबीको सहयोगमा संद्यिय सडक आयोजनाले पुल निर्माण गर्न पिलर गाडने कार्यका लागि खाल्डो खनेपछि मनसुनी वर्षासँगै आएको बाढीले सवारीसाधन आवतजावत गर्ने सडक भत्काएपछि जिर्ण अवश्थामा रहेको इटाको पुलबाट जाने सडक सवारीसाधन गुडाउन नमिल्ने भएको हो ।
इनरुवा ४ गणेशपुरसँगै रामधुनी ८ र ९ नम्बर वडाका लागि आवतजावत गर्ने मुख्य सडकमा कुरुवा खोलामा प्रत्येक वर्ष वर्षाको मौसममा आउने बाढीले पुलमा पानीले अवरोध पुर्याउँदै आएको थियो ।
इनरुवा ३ राधाकृष्ण मन्दिर हुँदै गणेशपुरबाट इनरुवा ८ बंकलुवातर्फ जाने सडक निर्माण कार्य सुरु भएपनि यस वर्षको वर्षाको मौसम अवधीभर कुरुवा खोलाको बाटो प्रयोग गरेर सो क्षेत्रमा आउने जाने क्रम रोकिएसँगै नयाँ पुल नबनेसम्म उत्त सडक बन्द हुने भएको छ ।
Discussion about this post