इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले २०८१ सालकाे श्रीकृष्ण जन्माष्टमी पर्वकाे अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले सम्पूर्ण नेपालीकाे सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यकाे कामना गर्दै विशेष सन्देश दिनुभएको छ।
सन्देशमा अध्यक्ष अजमल अख्तर आजादले जन्माष्टमी वा गाेकुल अष्टमीकाे महत्त्वलाई सम्झँदै यस पर्वले धार्मिक, सांस्कृतिक तथा दार्शनिक दृष्टिले महत्वपूर्ण मान्यता राख्ने बताउनुभएको छ। उहाँले भगवान् श्रीकृष्णकाे असल प्रतीकात्मक सन्देशले समाजमा शान्ति र समृद्धिकाे लागि प्रेरणा दिने उल्लेख गर्दै विभिन्न विद्यमान समस्याकाे समाधानकाे लागि श्रीकृष्णका उपदेशहरु सार्थक हुन सक्ने विचार व्यक्त गर्नुभएको छ।
श्रीकृष्ण जन्माष्टमी पर्वले सत्य, अहिंसा, सदाचार र न्यायकाे मार्गप्रति आस्थावान रहन सबैलाई प्रेरित गर्ने अध्यक्ष अजमल अख्तर आजादले बताउनुभएको छ। यस अवसरमा उहाँले सामाजिक न्याय, समानता र राष्ट्रिय एकताकाे महत्त्वलाई अझै मजबुत बनाउन श्रीकृष्णकाे शिक्षालाई अवलम्बन गर्नुपर्नेमा जाेड दिनुभएको छ।
अन्त्यमा, अध्यक्ष अजमल अख्तर आजादले देशका सम्पूर्ण जनतालाई सहिष्णुता, प्रेम र एकताकाे भावनाले एकताबद्ध हुनुपर्ने कुरामा जाेड दिनुभएको छ। साथै, उहाँले भगवान् श्रीकृष्णकाे आशीर्वादले सिंगो राष्ट्रकाे प्रगति र समृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।
Discussion about this post