रन्धिर यादव / विराटनगर – विराटनगरमा मङ्गलबार आयोजित श्रीराधाकृष्ण रथयात्रामा ५ लाखभन्दा बढी भक्तजनले सहभागिता जनाएका छन्। श्रीराधाकृष्ण मन्दिर व्यवस्थापन समितिको आयोजनामा निकालिएको ९३औं रथयात्रामा नेपाल र भारतबाट आएका भक्तजनहरू सहभागी भएका थिए।
विराटनगरका विभिन्न संघसंस्थाका पदाधिकारीहरूले रथयात्रामा सहभागि भक्तजनलाई खिर, लस्सी, जुस, सर्वत पानी, र विभिन्न प्रकारका प्रसादले भव्य स्वागत गरे। गोल ग्रुपले मेनरोडस्थित अतिथि सदन अगाडि ५ हजार भन्दा बढी भक्तजनलाई चना र हलुवा वितरण गरेको थियो। नेपाल अग्रवाल युवा मञ्च विराटनगरले तीनपैनी चौक नजिक ४ हजार ५ सय पिस जुस वितरण गरेको थियो। मञ्चका अध्यक्ष चेतन अग्रवाल र महासचिव अंकुर कनोडियाले नेतृत्व गरेको समूहले भक्तजनलाई जुस वितरण गरे।
मारवाडी युवा मञ्च विराटनगरले लाखौं भक्तजनलाई बुनिया वितरण गरेको थियो, भने राधे राधे समूहले ११ सय केजी दहीको लस्सी वितरण गरेको थियो। नरसेवा नारायण सेवाले भूमिप्रशासन चौक नजिक १० हजार भन्दा बढी भक्तजनलाई पुरी तरकारी, बुनियाँ र जलेबी वितरण गर्यो। संस्थापक अध्यक्ष पृथ्वी अग्रवाल र उपाध्यक्ष देवकिनन्दन अग्रवालले आफैं लाइनमा उभिएर प्रसाद वितरण गरे।
विराटनगरका सयौँ सङ्घसंस्थाहरूले विभिन्न स्थानमा सर्वत पानी र प्रसाद वितरण गरी भक्तजनलाई स्वागत गरे। रथयात्रामा ७५ भन्दा बढी झाँकीहरूको पनि प्रदर्शनी गरिएको थियो।
Discussion about this post