इनरुवा । सुनसरीको इटहरीमा मुख्य कार्यालय रहेको अम्बे कोसी बचत तथा ऋण सहकारीको रकम ठगीमा नेपाली काग्रेस सुनसरीका नेतासहित सैत्तिस जना फरार रहेको पाइएको छ ।
सुनसरी जिल्ला अदालत इनरुवामा जिल्ला न्याघिवक्ताको कार्यालय सुनसरीले दायर गरेको सहकारी रकम ठगी मुद्धा नेपाली काग्रेस सुनसरीका नेता महाधिवेशन प्रतिनिधि रेवतिरमण दुलालसहित सैत्तिस जना फरार भएका हुन् ।
दुलाल २०७४ सालको प्रदेशसभा निर्वाचनमा सुनसरी क्षेत्र नं ४ क बाट नेपाली काग्रेसको उम्मेदवार बनेका थिए । उनी उपर दायर भएको मुद्धामा बिना धितो १ करोड ३१ लाख ३२ हजार पाँच सय रुपैयाँ बिना धितो ऋण लिएर ठगी गरेको अभियोग दर्ता गरिएको छ ।
दुलालसगै अम्बे कोसी बचत तथा ऋण सहकारीको ४७ करोड ७ लाख ६६ हजार ४ सय ५९ रुपैयाँ रकम ठगी गरेको अभियोगमा फरार हुनेमा देवेन्द्र बस्नेत, मीनकुमार मगर, भोजकुमार पुलामी मगर, किरण आले, हिरा कुमारी मगर, बद्रीप्रसाद रेग्मी रहेका छन ।
यसैगरि फरार हुनेमा नगेन्द्र गुरुङ, सुमन भण्डारी, अमित राई, लीला खड्का, अशोक राई, एकराज पहाडी, धनबहादुर मगर,धनुषा पराजुली (बस्नेत) भन्ने धन कुमारी पराजुली, दीपेश राई, क्षितिज राई र कोरवर्ट कुमार श्रेष्ठ रहेका छन् ।
फरार हुनेमा सम्झना कार्की, रमेश पौडेल, टिकाराम भट्टराई, हरि बहादुर खड्का, मनोज अधिकारी, नवीन पौडेल, राम प्रवेश शाह, यशोदा पौडेल, रुद्रबहादुर पौडेल, पशुपति श्रेष्ठ, पूर्णबन्धु न्यौपाने, शान्ता पौडेल, हेमु श्रेष्ठ, गंगाचरण शाह तेली, सुनिता समाल मगर, विष्णु कुमार वि.क र लीला कार्की रहेका छन् ।
फरार सुचीमा रहेका सवैजना सुनसरी मोरङमा विभिन्न क्षेत्रमा आवद्ध रहेका व्यत्तीहरु हुन । उनीहरु सार्वजनिक कार्यक्रमसहित विभिन्न क्रियाकलापमा खुल्ला रुपमा हिडिरहेको पाइएको छ ।
सहकारी ठगी अभियोगमा मुद्धा दर्ता भएकाहरु राजनीतिक पहुँचका भरमा खुलेआम सार्वजनिक कार्यक्रममा सहभागी हुँदा पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।
सुनसरी ४ नम्बर निर्वाचन क्षेत्रका सासंद तथा नेपाली काग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की निकट मानिएका दुलाल त्यस बेला नेकपा एमालेका जगदीश प्रसाद कुसियतसँग पराजित भएका थिए ।
सुनसरीको बराहक्षेत्र नगरपालिका चक्रघट्टी घर भई इटहरी उपमहानगर ६ बस्ने ५० वर्षीय दुलालले सहकारीमा पाँच लाख ४१ हजार ३० रुपैयाँ व्याज बुझाउनुपर्ने देखिएको छ ।
सहकारीमा उनको १० हजार १४ रुपैयाँ बचत रहेको प्रहरीले दायर गरेको मुद्दामा उल्लेख छ । उक्त सहकारीमा दुलालको दुई लाख ५६ हजार आठ सय रुपैयाँ बराबरको शेयर रहेको अभियोग पत्रमा उल्लेख छ ।
अम्बे कोसी सहकारीका सञ्चालकहरू राहुल अग्रवाल १० लाख, कुमार आले र शिलादेवी गजमेर पाँच लाख धरौटी बुझाएर छुटेका छन् ।
यसैगरि सागर राई १५ लाख, टेकबहादुर चर्मकार तीन लाख, विमला चौधरी मैनाली एक लाख, सुजन चौधरी दुई लाख र सागर चौधरी सात लाख धरौटी बुझाएर छुटेका छन् ।
यस्तै आशिका राई दुई लाख, कृष्ण बहादुर कटुवाल तीन लाख ५० हजार, तारामान सिरिङ लिम्बु दुई लाख र चन्द्रकुमार गेलाल एक लाख धरौटी बुझाएर छुटेका छन् ।
यसै गरी तारा राई एक लाख ६५ हजार, भूमिप्रसाद आचार्य एक लाख, खड्ग कोइराला पाँच लाख, शम्भु दाहाल एक लाख ९५ हजार, चूडामणि निरौला एक लाख ७० हजार र भुवन कुमार राउतले एक लाख ५० हजार धरौटी बुझाएका छन् ।
इटहरीमा मुख्य कार्यालय रहेको अम्बे कोसी बचत तथा ऋण सहकारीको ४७ करोड ७ लाख ६६ हजार ४ सय ५९ रुपैयाँ रकम अपचलनमा संलग्न रहेको आरोपमा प्रहरीले दुलाल सहित ५६ जना विरुद्ध सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
सहकारकिा अध्यक्ष फडिन्द्र मगर पुर्पक्षका लागि कारागार चलान भैसकेका छन् भने दुलाल सहित आधा भन्दा बढी व्यक्तिहरू अझै फरार छन् । उनीहरू विरुद्ध प्रहरीले गत पुस १२ गते मुद्दा दर्ता गरेको थियो । फरार सूचिमा रहेका व्यक्तिहरूलाई पक्राउ गर्न खोजी तीव्र पारेको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले बताए ।
यसअघि सञ्चालकहरू पक्राउ पर्नुअघि सहकारीमा बचत गरेको रकम फिर्ताको माग गर्दै बचतकर्ताहरू दुई महिना देखी आन्दोलित बनेका थिए । उनीहरूले इनरुवास्थित प्रदेश सहकारी रजिस्टार तथा प्रशिक्षण कार्यालय र सहकारीका सञ्चालकहरूको घर घेराउ समेत गरेका थिए ।
पाँच हजार बढी सेवाग्राहीहरू रहेको सहकारीमा ३ सय सेयर सदस्य रहेका छन् । सहकारीले मोरङको विराटनगर, बिराटचोक र झापाको दमक गरी ३ स्थानमा सेवा केन्द्र समेत राखेर कारोबार गर्दै आएको थियो ।
नेकपा एमालेकी केन्द्रिय सदस्य रहेकी अमृता सुब्बाले पाँच लाख धरौटी बुझाएर छुटेकी छन् । प्रहरीले नियन्त्रणमा नलिईकन उनी सिधै सुनसरी जिल्ला अदालतमा हाजिर भएर ५ लाख रुपैयाँ धरौटीमा छुटेकी हुन ।
सुब्बा राष्ट्रिय सहकारी महासङ्घ तथा राष्ट्रिय सहकारी बैक सञ्चालक सदस्य पनि हुन । उनी इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्थाको पूर्व अध्यक्ष समेत हुन ।
Discussion about this post