सुनसरी – सामाजिक सञ्जालको विश्वव्यापी प्रभावले मानिसहरूको जीवनशैलीमा निकै ठूलो परिवर्तन ल्याएको छ। यद्यपि यसका सकारात्मक पक्षहरूको चर्चा भइरहेकामा, नेपालमा विशेष गरी सुनसरी जिल्लामा टिकटक जस्ता प्लेटफर्मको दुरुपयोग बढ्दै गएको छ। यसले युवाहरूको मानसिकता र समाजमा नैतिक दृष्टिकोणमा नकारात्मक असर पार्न थालेको छ।
टिकटकको प्रयोग अत्यधिक मनोरञ्जन र सस्तो प्रसिद्धि प्राप्त गर्नका लागि भइरहेको छ। तर, केही प्रयोगकर्ताहरू यसको माध्यमबाट अश्लीलता, झुठा सूचना र अन्य अनैतिक गतिविधिहरू फैलाउन थालेका छन्। यसरी फैलाइएका भ्रामक सूचना र भिडियोहरूले समाजमा गलत सन्देश दिन थालेका छन्, जसले युवा पिढीको मानसिकता र आचरणमा गम्भीर असर पुर्याइरहेको छ।
सुनसरी जिल्लाका थुप्रै विद्यालय र कलेजका विद्यार्थीहरू, विशेष गरी किशोरकिशोरीहरू, टिकटकमा अश्लील तथा आपत्तिजनक भिडियो अपलोड गरेर सामाजिक सञ्जालमा प्रचलित हुन चाहिरहेका छन्। यसले कक्षामा ध्यान नदिनु, पढाइमा अवरोध उत्पन्न गर्नु र परिवारसँगको सम्बन्धमा समस्या निम्त्याउन थालेको छ।
स्थानीय शिक्षक र मनोवैज्ञानिकहरूले भने, “सामाजिक सञ्जालका नकरात्मक प्रभावहरूले विद्यार्थिहरूको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ। धेरै समय टिकटकमा बिताउनु, वास्तविक जीवनका अनुभव र सम्बन्धमा ध्यान नदिई अज्ञात व्यक्तिहरूसँगको अनावश्यक सन्जालमा फस्नु, किशोरहरूको मानसिक र सामाजिक विकासमा अवरोध पुर्याउँछ।”
सुनसरी प्रहरीले पनि यस सन्दर्भमा सचेतना फैलाउने कार्य थालेको छ। उनका अनुसार, “सामाजिक सञ्जालमा हुने दुरुपयोग र असामाजिक गतिविधिहरू नियन्त्रण गर्नको लागि विद्यालय र अभिभावकहरूसँग सहकार्य गर्दै सचेतना अभियान सञ्चालन गर्दै आएका छौं।”
साथै, विभिन्न गैर-सरकारी संस्थाहरूले पनि युवाहरूलाई टिकटकको दुरुपयोगबाट जोगिन र यसको सकारात्मक प्रयोगको महत्त्व बुझाउन कार्य गरिरहेका छन्। सामाजिक सञ्जालको सही उपयोग गर्दा भने यो शिक्षा र समाजिक उत्थानको लागि प्रभावकारी प्लेटफर्म बन्न सक्छ।
Discussion about this post