• pradeshpoint
  • Pradeshpoint
Tuesday, March 10, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सीमावर्ती क्षेत्र दसगजामा लागुऔषधविरुद्ध सचेतना अभियान तीव्र

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ बैशाख ६ गते, १२:४५ बजे प्रकाशित
in FEATURE, अपराध खबर, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
सीमावर्ती क्षेत्र दसगजामा लागुऔषधविरुद्ध सचेतना अभियान तीव्र
34
SHARES
Share on FacebookShare on Twitter

लौकही | नेपाल–भारत सीमावर्ती क्षेत्र दसगजामा लागुऔषधको बढ्दो प्रयोग र त्यसको प्रतिकूल प्रभाव रोक्न जनस्तरमै सचेतना अभियान सुरु गरिएको छ। सुनसरीको कोशी गाउँपालिका–१ अन्तर्गतको लौकही र भारतीय सीमावर्ती क्षेत्र बेला आसपासका स्थानीय बासिन्दा, विद्यालय, युवा र सुरक्षाकर्मीको सहभागितामा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो।

सीमा क्षेत्रको खुला आवत–जावत, सहजरूपमा लागुऔषधको आपूर्ति र त्यसको प्रयोगबाट समुदायमा गम्भीर समस्या देखिन थालेपछि सशस्त्र प्रहरी बलको अगुवाइमा सचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल, नम्बर ४ गण हेक्वा, सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल थापाले सीमावर्ती क्षेत्रमा लागुऔषधको समस्या दिनप्रतिदिन गहिरिँदै गएको बताए। “सीमामा लागुऔषधको कारोबार मात्र होइन, यसको लतले युवावर्ग, विशेष गरी किशोरकिशोरीहरूमा विनाशकारी असर पारिरहेको छ,” उनले भने, “समस्या नियन्त्रणका लागि स्थानीयवासी, विद्यालय र अभिभावकसँग सहकार्य आवश्यक छ।”

थापाले नेपाली सुरक्षाकर्मी र भारतीय सुरक्षा निकायबीच समन्वय गरी संयुक्त रूपमा सीमा क्षेत्रमा पुगेर जनचेतना फैलाउने कार्यलाई प्राथमिकतामा राखिएको जानकारी दिए। “दुवै देशका सुरक्षाकर्मीको सहकार्य र सामुदायिक सहभागिताबाट मात्रै यो चुनौतीलाई परास्त गर्न सकिन्छ,” उनले थपे।

यसैबीच बीओपी लौकहीका सशस्त्र प्रहरी निरीक्षक नारायण प्रसाद गौतमले सीमा क्षेत्रमा लागुऔषधको ओसारपसार नियन्त्रणमा सशस्त्र प्रहरीले कडाइका साथ निगरानी गरिरहेको बताए। “सीमा क्षेत्रमा चाँडै सूचना संकलन, निगरानी र निगरानीमा आधारित तालिमहरू सञ्चालन गर्दैछौं,” गौतमले भने, “तर, यो मात्र सुरक्षाकर्मीको काम होइन। सामुदायिक जागरूकता र सहभागिता अपरिहार्य छ।”

कार्यक्रममा स्थानीय अभिभावक, शिक्षक, संघसंस्थाका प्रतिनिधि, युवा तथा सामाजिक अभियन्ताको उल्लेखनीय सहभागिता थियो। सहभागीहरूले सीमावर्ती क्षेत्रमा लागुऔषधको नियन्त्रणका लागि स्थायी संयन्त्र आवश्यक रहेको र यसमा दुवै देशका प्रशासन र सुरक्षाकर्मीको एकीकृत प्रयास हुनुपर्ने धारणा राखेकाे थियोे ।

Tags: तीव्रदसगजामालागुऔषधविरुद्धसचेतना अभियानसीमावर्ती क्षेत्र

Related Posts

रास्वपा उम्मेदवारको मुद्दा अदालतमा चलिरहेकै बेला मातृका यादवलाई प्रमाणपत्र
FEATURE

रास्वपा उम्मेदवारको मुद्दा अदालतमा चलिरहेकै बेला मातृका यादवलाई प्रमाणपत्र

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन २६ गते, ११:१९ बजे प्रकाशित
0

धनुषा । धनुषा–१ मा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनपछि विवादका बीच नेकपाका उम्मेदवार मातृका प्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको...

पर्सामा जन्ती बोकेको कार दुर्घटना, चालकको मृत्यु
FEATURE

पर्सामा जन्ती बोकेको कार दुर्घटना, चालकको मृत्यु

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन २६ गते, १०:१० बजे प्रकाशित
0

इनरुवा । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटनामा पर्दा एक जनाको ज्यान गएको छ भने...

समानुपातिक मतपरिणाम सार्वजनिक: रास्वपा अगाडि, काँग्रेस दोस्रो

समानुपातिक मतपरिणाम सार्वजनिक: रास्वपा अगाडि, काँग्रेस दोस्रो

२०८२ फाल्गुन २६ गते, ९:५८ बजे प्रकाशित
३० हजारभन्दा बढी मतसहित उदयपुर–१ मा पारसमणि गेलालको जित

३० हजारभन्दा बढी मतसहित उदयपुर–१ मा पारसमणि गेलालको जित

२०८२ फाल्गुन २४ गते, १३:०८ बजे प्रकाशित
सुनसरी–३ मा रास्वपा अशोककुमार चौधरीको जोरदार विजय, गच्छदार–भगवती पछाडि

सुनसरी–३ मा रास्वपा अशोककुमार चौधरीको जोरदार विजय, गच्छदार–भगवती पछाडि

२०८२ फाल्गुन २४ गते, १२:४५ बजे प्रकाशित
बालेनको मत वर्षा, झापा–५ मा ओली पराजित

बालेनको मत वर्षा, झापा–५ मा ओली पराजित

२०८२ फाल्गुन २३ गते, १८:३७ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

रास्वपा उम्मेदवारको मुद्दा अदालतमा चलिरहेकै बेला मातृका यादवलाई प्रमाणपत्र

रास्वपा उम्मेदवारको मुद्दा अदालतमा चलिरहेकै बेला मातृका यादवलाई प्रमाणपत्र

२०८२ फाल्गुन २६ गते, ११:१९ बजे प्रकाशित
पर्सामा जन्ती बोकेको कार दुर्घटना, चालकको मृत्यु

पर्सामा जन्ती बोकेको कार दुर्घटना, चालकको मृत्यु

२०८२ फाल्गुन २६ गते, १०:१० बजे प्रकाशित
समानुपातिक मतपरिणाम सार्वजनिक: रास्वपा अगाडि, काँग्रेस दोस्रो

समानुपातिक मतपरिणाम सार्वजनिक: रास्वपा अगाडि, काँग्रेस दोस्रो

२०८२ फाल्गुन २६ गते, ९:५८ बजे प्रकाशित
३० हजारभन्दा बढी मतसहित उदयपुर–१ मा पारसमणि गेलालको जित

३० हजारभन्दा बढी मतसहित उदयपुर–१ मा पारसमणि गेलालको जित

२०८२ फाल्गुन २४ गते, १३:०८ बजे प्रकाशित
सुनसरी–३ मा रास्वपा अशोककुमार चौधरीको जोरदार विजय, गच्छदार–भगवती पछाडि

सुनसरी–३ मा रास्वपा अशोककुमार चौधरीको जोरदार विजय, गच्छदार–भगवती पछाडि

२०८२ फाल्गुन २४ गते, १२:४५ बजे प्रकाशित
ओलीको बलियो क्षेत्रमा बालेनको सनसनीपूर्ण विजय

ओलीको बलियो क्षेत्रमा बालेनको सनसनीपूर्ण विजय

२०८२ फाल्गुन २४ गते, १२:३३ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1395 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    789 shares
    Share 316 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    723 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist