इटहरी । लायन्स क्लब इन्टरनेसन डिस्ट्रिक ३२५ सी अन्तर्गत गेट ऐरिया फोर रिजन आठको प्लानिङ् मिटिङ् सोमबार इटहरीमा भएको छ ।
ऐरिया फोरको रिजन आठका अध्यक्ष भूपराज पुरीको अध्यक्षतामा भएको मिटिङ्मा वर्षभरी गरिने कार्यको योजना बनाएको छ । लायन्सका सेकेन्ड सेन्चुअरी एमबास्टर गेट मल्टिपल को(अर्डिनेटर लायन इन्द्रराज खत्री (राजन) को प्रमुख आथित्यतामा भएको कार्यक्रममा इटहरी न्यू भिजन क्लबका नयाँ पदाधिकारीहरुलाई स्वागत तथा परिचय कार्यक्रम राखिएको थियो । ती पदाधिकारीको पदस्थापना गराउन भने बाँकी छ । मिटिङ्को सञ्चालन भने लायन नारायण सुवेदीले गरेका थिए ।
लायन्स सामाजिक सेवा र नेतृत्व विकासका लागि सक्रिय संस्था हो ।
बैठकमा सामाजिक उत्तरदायित्वलाई मूर्त रुप दिर्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, महिला सशक्तीकरण, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा नेपालमा काम गर्दै आएको छ । हरेक क्लबले आ(आफ्नो ढंगले वार्षिक कार्यक्रम तय गरि सञ्चालन गर्ने गरेका छन् ।










Discussion about this post