सुनसरी । विराटनगर–४ दुधफार्म अगाडि शनिबार साँझ भएको सडक दुर्घटनामा एकजनाको ज्यान गएको छ।
सर्लाही स्थायी घर भई हाल विराटनगर बस्दै आएका ३२ वर्षीय प्रदीपबहादुर भण्डारीको उक्त दुर्घटनामा निधन
भएको मोरङ प्रहरीले पुष्टि गरेको छ।
प्रहरीका अनुसार बरगाछीबाट इटहरीतर्फ गइरहेको प्रदेश १–०१–०१५ प २१९७ नम्बरको स्कुटरले बाटो काट्दै गरेको नम्बर नखुलेको सिटी सफारीलाई पछाडिबाट ठक्कर दिएको थियो। ठक्करपछि स्कुटर अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किँदा चालक भण्डारी गम्भीर घाइते भएका थिए।
घाइते अवस्थामै नोबेल अस्पतालतर्फ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक भण्डारी सुन्दरहरैंचा–४ स्थित इटहरी इन्टरनेसनल कलेजमा कार्यरत थिए।
दुर्घटनामा संलग्न सिटी सफारी फरार रहेको र यसको खोजीकार्य जारी रहेको मोरङ प्रहरीले जनाएको छ।
सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत
इनरुवा । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरी जिल्लामा कुल पाँच लाख ८० हजार ९४५ जना मतदाता सूचीकृत भएका...










Discussion about this post