सुनसरी । नेपाली प्रहरी प्रधान कार्यालयले नयाँ दरखास्त आह्वान गर्दै ठूलो संख्यामा भर्ना गर्ने घोषणा गरेको छ। शुक्रबार जारी सूचनाअनुसार, प्रहरी संगठनले कुल १,५९४ जना नयाँ जनशक्ति भर्ना गर्न लागेको हो।
• प्रहरी जवान : १,५५३ जना
• प्रहरी कार्यालय सहयोगी (हजाम) : ११ जना
• प्रहरी कार्यालय सहयोगी (कुचीकार) : १५ जना
• खेलाडी : १५ जन
• प्रहरी जवान : मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम ८ कक्षा पास गरेको हुनुपर्नेछ।
• कार्यालय सहयोगी (हजाम/कुचीकार) : साधारण लेखपढ गर्नसक्ने योग्यता।
• दरखास्त फाराम असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म बुझाउन सकिनेछ।
• जवान, हजाम र कुचीकारका लागि सातै प्रदेश प्रहरी कार्यालय, सबै जिल्ला प्रहरी कार्यालय तथा काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रहरी परिसरमा फाराम बुझाउन सकिनेछ।
• खेलाडीका हकमा भने दरखास्त फाराम राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्ज काठमाडौंमा मात्र बुझाउनुपर्ने
प्रहरी संगठनले ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना गर्दै देशभरका इच्छुक नेपाली नागरिकलाई अवसर प्रदान गरेको छ। विशेष गरी प्रहरी सेवामा प्रवेश गर्न चाहने युवाका लागि यो एक महत्वपूर्ण अवसर मानिएको छ।
रास्वपा उम्मेदवारको मुद्दा अदालतमा चलिरहेकै बेला मातृका यादवलाई प्रमाणपत्र
धनुषा । धनुषा–१ मा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनपछि विवादका बीच नेकपाका उम्मेदवार मातृका प्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको...











Discussion about this post