विराटनगर । देशभर प्रतिकूल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ। विराटनगरबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान इन–रुट मौसम बिग्रँदा फर्केर विराटनगरमै अवतरण गर्न बाध्य भएको हो।
विराटनगर विमानस्थल प्रमुख सुभास झाले काठमाडौंको न्यून दृश्यताका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको जानकारी दिए। विराटनगरमा मौसम सामान्य भए पनि काठमाडौंको खराब मौसमका कारण समस्या उत्पन्न भएको उनले बताए।
मौसम विभागका अनुसार चक्रवात र वायु प्रणालीको प्रभावले देशभर हवाई आवागमनमा अवरोध आइरहेको छ। यात्रुहरूलाई मौसम सुधारिएपछि मात्र उडान सञ्चालन गरिने जनाएको छ।
विद्यार्थी नेतामाथि आक्रमण — एनएसयू सुनसरीको कडा आपत्ति, कारबाहीको माग
सुनसरी । नेपाली कांग्रेस भाेक्राहा नरसिंह गाउँ कमिटीका सह सचिव तथा नेपाल विद्यार्थी संघ (नेवि संघ) जिल्ला कार्यसमिति सुनसरीले विद्यार्थी...











Discussion about this post