सुनसरी । नेपाली कांग्रेस भाेक्राहा नरसिंह गाउँ कमिटीका सह सचिव तथा नेपाल विद्यार्थी संघ (नेवि संघ) जिल्ला कार्यसमिति सुनसरीले विद्यार्थी नेतामाथि भएको आक्रमणप्रति कडा आपत्ति जनाउँदै दोषीमाथि तत्काल कानुनी कारबाहीको माग गरेको छ।
गत कात्तिक १३ गते साँझ भाेक्राहा नरसिंह गाउँपालिका–६ स्थित चिरौली चाैकमा नेवि संघ सुनसरीका उपसभापति सेराज हुसैनमाथि आक्रमण भएको थियो। विद्यार्थी नेतामाथि गरिएको उक्त कुटपिट घटनाले स्थानीय र विद्यार्थी समुदायमा आक्रोश उत्पन्न भएको छ।
संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपाल विद्यार्थी संघ कानुनी शासन, लोकतान्त्रिक मूल्य र शान्तिपूर्ण राजनीति प्रति समर्पित संगठन हो। विद्यार्थी नेतामाथि भएको आक्रमणले लोकतान्त्रिक संस्कृतिमाथि नै गम्भीर आघात पुगेको छ।”
आक्रमणमा संलग्नहरूका रूपमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ निवासी बासित अंसारी र सोही गाउँपालिका–५ निवासी हेदर मन्सुरीको नाम सार्वजनिक भएको संघले जनाएको छ। मन्सुरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भोक्राहा नरसिंह गाउँ कमिटीका सचिव समेत रहेका व्यक्तित्व हुन्।
संघका सभापति प्रमोद भट्टराईले हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “आक्रमणमा संलग्न सम्पूर्ण व्यक्तिहरूलाई तत्काल पक्राउ गरी प्रचलित कानुन अनुसार कठोर कारबाही गरियोस् भन्ने नेपाल विद्यार्थी संघ सुनसरीको जोडदार माग छ।”
नेवि संघले घटनाप्रति जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीको गम्भीर ध्यानाकर्षण गराउँदै विद्यार्थी नेताको सुरक्षाका लागि तुरुन्त कदम चाल्न आग्रह गरेको छ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post