इनरुवा । सुनसरीको हरिनगरा गाउँपालिका–४ हरिनगरा सडक खण्डमा प्रहरीले ठूलो परिमाणको लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार लागू औषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिनगरा र सुरक्षा प्रहरी बेस क्याम्प बसन्तपुरबाट संयुक्त रूपमा खटिएको टोलीले देवानगंजबाट हरिनगरा तर्फ जाँदै गरेको सिटी सफारी (रे. नं. प्र.१–०२–००४ ह. ८३३५) लाई रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा उक्त सवारीमा ट्रामाडोल ब्रान्डको १२०० पत्ता (जम्मा १२,००० ट्याब्लेट) लुकाई छिपाई ल्याउँदै गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
लागू औषधसहित सिटी चालक आदिल अंसारी (१५ वर्ष, वडा नं. ५, हरिनगरा) र सोही सवारीमा सवार अख्तर अंसारी (२२ वर्ष, ऐ.ऐ. बस्ने) लाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रहरीका अनुसार फेला पारिएको लागू औषध र सवारीसाधन सहित दुवैजनालाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाइएको छ।











Discussion about this post