विराटनगर । विराटनगर–१४ बरगाछीमा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरी सहायक हबल्दार भीम खड्काको मृत्यु भएको छ। बेलबारी–८ का ३० वर्षीय खड्का कोशी प्रदेश प्रहरी कार्यालय रानीमा कार्यरत थिए।
राति करिब ९ बजे मोटरसाइकल अनियन्त्रित भई सडकछेउमा ठोक्किँदा गम्भीर घाइते भएका उनलाई उपचारका लागि लगिएको थियो तर बचाउन सकिएन। घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ।










Discussion about this post