सुनसरी । भाेक्राहा नरसिंह गाउँपालिका–७ निवासी तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाटन संयुक्त क्याम्पसका सेवानिवृत्त रसायनशास्त्र प्राध्यापक कुञ्जीलाल यादवको निधन भएको छ। शिक्षण क्षेत्रमा चार दशकभन्दा बढी समय समर्पित गरेका यादवको निधनसँगै स्थानीय समुदाय, शैक्षिक क्षेत्र र पूर्वविद्यार्थीहरूमा गहिरो शोक छाएको छ।
यादवले पाटन संयुक्त क्याम्पसमा रसायनशास्त्र विभागका वरिष्ठ प्राध्यापकका रूपमा लामो समय अध्यापन गर्दै हजारौं विद्यार्थीलाई मार्गदर्शन र आकार दिएका थिए। उनी सिद्धान्त–व्यावहारिक दुवै क्षेत्रमा कुशल, अनुशासित र विद्यार्थी–मैत्री शिक्षकका रूपमा परिचित थिए।
भाेक्राहा नरसिंह–७ को समाजसेवा, सामुदायिक विकास र शैक्षिक उत्थानमा पनि यादवको सक्रिय भूमिका रहेको स्थानीयहरू बताउँछन्। आफ्नो वडाबाट उच्च शिक्षा हासिल गरी राष्ट्रिय स्तरमा प्रतिष्ठित प्राध्यापक बनेका यादव स्थानीय युवाहरूका लागि प्रेरणादायी व्यक्तित्व मानिन्थे।
उनका सहकर्मीहरूका अनुसार, “प्राे. यादव अत्यन्तै सरल, अनुसन्धान–मनाेषी र शैक्षिक सुधारमा समर्पित व्यक्तित्व थिए। विद्यार्थीलाई ‘ज्ञानलाई व्यवहारसँग जोड्न सिक’ भन्ने उनको शैली आज पनि स्मरणीय छ।”
यादवको निधनप्रति पाटन संयुक्त क्याम्पस, त्रिभुवन विश्वविद्यालय परिवार, स्थानीय शिक्षक–समुदाय, जनप्रतिनिधि तथा पूर्वविद्यार्थीहरूले गहिरो श्रद्धाञ्जलि अर्पण गरेका छन्।
परिवारका अनुसार अन्तिम संस्कार तथा श्रद्धाञ्जलि कार्यक्रमको भाेली शनिबार बिहान १० बजे नरसिंह नाथ सामुदायिक वन स्थित स्माशान घाटमा हिन्दु परम्परा अनुसार सार्वजनिक गरिनेछ।
साथै उनको आत्माको चिरशान्तिको कामना गर्दै, शोकसन्तप्त परिवारजनप्रति प्रदेश प्वाइन्ट मिडिया प्रा.ली. सुनसरी हार्दिक समवेदना व्यक्त गर्दैछाैं ।











Discussion about this post