इनरुवा । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक इन्टर्न डाक्टरको दुखद निधन भएको छ। कलेज परिसरको एक भवनबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो।
प्रहरीका अनुसार आइतबार बिहान करिब ६ः३० बजे मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट खस्दा ३४ वर्षीय अमित यादव गम्भीर अवस्थामा पुगेका थिए। सप्तरीको राजविराज नगरपालिका–९, जगदरी निवासी यादवको टाउकोमा गम्भीर चोट लागेको थियो।
घटनालगत्तै उनलाई सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरी चिकित्सक टोलीले उपचार थाले पनि उनको ज्यान जोगाउन सकिएन। नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईका अनुसार उपचारकै क्रममा यादवको मृत्यु भएको हो।
घटनाको कारणबारे स्पष्ट हुन बाँकी रहेको बताउँदै प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।










Discussion about this post