• pradeshpoint
  • Pradeshpoint
Thursday, January 8, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

इटहरीमा दुई दिने अन्तर्राष्ट्रियस्तर शैक्षिक सम्मेलन सम्पन्न

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस ६ गते, १८:१९ बजे प्रकाशित
in FEATURE, शिक्षा समाचार
इटहरीमा दुई दिने अन्तर्राष्ट्रियस्तर शैक्षिक सम्मेलन सम्पन्न
14
SHARES
Share on FacebookShare on Twitter

इटहरी । इटहरीमा दुई दिने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आइतबार सकिएको छ ।
उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायीत्वका लागि इटहरीमा जनता बहुमुखी क्याम्पसले आयोजना गरेको शैक्षिक सम्मेलन समापनका क्रममा क्याम्पसको स्थापना कालदेखि अहिलेसम्म सहयोग गर्ने पाँच जना व्यक्तित्वलाई सम्मान गरियो । जसमा पूर्व मन्त्री तथा इटहरी गाउँ पञ्चायत छँदाका प्रधानमञ्च रामकुमार सुब्बा, इनरुवा घर भएका तत्कालिन जिल्ला विकास समितिका सभापति रमेश श्रेष्ठ, पूर्व अध्यक्ष मेदनीप्रसाद सिटौला र विश्व रिजाललाई सम्मान गरियो । इटहरीका व्यवसायी भिमबहादुर पौडेललाई पनि गरियो । उनले क्याम्पसमा अध्ययन गर्ने गरिव तथा जेहेन्दार विद्यार्थीका लागि ५१ लख रुपैयाँको अक्षयकोष स्थापना गर्ने भएका छन् । क्याम्पस पूर्व सञ्चालक समितिका अध्यक्ष स्वर्गीय हरिप्रसाद रिजाललाई मरणोपरान्त सम्मान गरियो । दिंवगत रिजालकी श्रीमती पवित्रादेवीलाई सम्मानपत्र प्रदान गरियो । सवैलाई इटहरीका मेयर हेमकर्ण पौडेलले सम्मानपत्र प्रदान गरे ।
दुई दिनसम्म चलेको कार्यक्रममा चारवटा किनोट स्पिच, १५ वटा प्लेनरी स्पिच, चारवटा फिचर्ड स्पिच, समूह छलफल, कविता प्रस्तुती, अन्तरक्र्रियात्मक पोस्टर प्रदर्शनी, विद्यार्थी प्रतिभा जागरण सत्र, कार्यशाला र ८४ वटा कन्करेन्ट सेसन सञ्चालन गरिएको थियो ।

जनता बहुमुखी क्याम्पसलाई पूर्वकै शैक्षिक हबको रुपमा विकास गरेर लैजाने उद्देश्यका साथ सुरु भएको सम्मेलनमा विदेशका चारवटा देशका विज्ञसहित नेपालका नाम चलेका शैक्षिक विज्ञहरुले प्रस्तुती गरे । सम्मेलनमा पाँच सयभन्दा बढीको सहभागिता रह्यो ।
कार्यक्रम समापनका अवसरमा इटहरीका व्यवसायी भीमबहादुर पौडेलले इटहरीको समग्र विकासमा सवै क्षेत्रका व्यक्ति सकारात्मक भएर संगठीत हुनुपर्नेमा जोड दिए । पूर्व मन्त्री रामकुमार सुब्बाले इटहरीको विकासका निम्ति समय र परिस्थिती अनुसार फेरिने नेतृत्वलाई स्वीकार गरेकोमा अब पनि त्यही ढंगले अघि बढ्न सुल्झाए । मेयर हेमकर्ण पौडेलले सम्मेलनले इटहरीको समग्र विकासका समाजका हरेक नागरिक सकारात्मक ढंगले लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीले अग्रजले देखाएको बाटो अनुसार अघि बढ्दा नै क्याम्पसले महत्वपूर्ण सफलता हात पारेको बताए । जनता क्याम्पसमा कोशी र मधेश प्रदेशका पाँच हजार भन्दा बढी विद्यार्थी विभिन्न संकायमा अध्ययनरत छन् ।

Tags: अन्तर्राष्ट्रियस्तरइटहरीमादुई दिनेशैक्षिक सम्मेलन सम्पन्न

Related Posts

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत
FEATURE

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
0

इनरुवा । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरी जिल्लामा कुल पाँच लाख ८० हजार ९४५ जना मतदाता सूचीकृत भएका...

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण
FEATURE

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित
0

सुनसरी । कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठनसँगै नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम...

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

२०८२ पुस २२ गते, १४:१७ बजे प्रकाशित
इटहरीमा आगलागी, पाँच पसलमा लाखौँको क्षति

इटहरीमा आगलागी, पाँच पसलमा लाखौँको क्षति

२०८२ पुस २२ गते, १२:४९ बजे प्रकाशित
रंगेली संसारीमाई मन्दिरमा चोरी, धार्मिक सुरक्षा माथि प्रश्न

रंगेली संसारीमाई मन्दिरमा चोरी, धार्मिक सुरक्षा माथि प्रश्न

२०८२ पुस २० गते, १२:३० बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित
विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

२०८२ पुस २२ गते, १४:१७ बजे प्रकाशित
इटहरीमा आगलागी, पाँच पसलमा लाखौँको क्षति

इटहरीमा आगलागी, पाँच पसलमा लाखौँको क्षति

२०८२ पुस २२ गते, १२:४९ बजे प्रकाशित
रंगेली संसारीमाई मन्दिरमा चोरी, धार्मिक सुरक्षा माथि प्रश्न

रंगेली संसारीमाई मन्दिरमा चोरी, धार्मिक सुरक्षा माथि प्रश्न

२०८२ पुस २० गते, १२:३० बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist