सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत
इनरुवा । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरी जिल्लामा कुल पाँच लाख ८० हजार ९४५ जना मतदाता सूचीकृत भएका...
इनरुवा । विराटनगरका दुई चर्चित क्यासिनोमा प्रहरीले एकैपटक मध्यरातमा छापा हान्दा २० जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये दुई जना भने क्यासिनोका सञ्चालक तहकै व्यक्ति रहेको खुलेको छ।
आइतबार राति गरिएको छापामा बिग होटल परिसरमा रहेको च्याम्पियन क्यासिनो र रत्ना होटलस्थित गोल्डेन क्यासिनो प्रहरीको निशानामा परेका हुन्। च्याम्पियन क्यासिनोका महाप्रबन्धक लोकेन्द्र बहादुर बस्नेत र गोल्डेन क्यासिनोका व्यवस्थापक रामकृष्ण बजगाँई नेपाली नागरिकलाई क्यासिनो प्रवेश गराएको आरोपमा नियन्त्रणमा लिइएका छन्।
मोरङ प्रहरीका उपरीक्षक कबित कटुवालका अनुसार पक्राउ परेका सबैमाथि जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ। नेपाली नागरिकलाई क्यासिनो प्रवेश गराएर जुवा खेलाइँदै आएको सूचनाका आधारमा प्रहरीले लामो समयदेखि निगरानी गर्दै आएको र त्यसै क्रममा छापा हानिएको उनले बताए।
छापाका क्रममा गोल्डेन क्यासिनोबाट १४ जना र च्याम्पियन क्यासिनोबाट ६ जना नेपाली नागरिक नियन्त्रणमा परेका हुन्। तर, पक्राउ परेकाहरूको नाम भने प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन।
नाम सार्वजनिक नगर्ने प्रहरीको निर्णयले भने शंका उत्पन्न गराएको छ। यसअघि चाडपर्वमा सामान्य रूपमा तास खेल्ने सर्वसाधारणको नामसमेत सार्वजनिक गर्दै कारबाही गर्ने प्रहरीले क्यासिनोजस्तो संवेदनशील प्रकरणमा किन मौनता अपनायो भन्ने प्रश्न उठेको छ।
यसअघि पनि क्यासिनो सञ्चालनमा प्रशासनिक मिलेमतो हुने गरेको आरोप लाग्दै आएको थियो। क्यासिनोबाट उठ्ने आम्दानीमा प्रशासनिक तहसम्म भागबण्डा हुने गरेको चर्चा नयाँ होइन। जिल्ला प्रहरीको कमजोरी देखिएपछि प्रदेश प्रहरी आफैं छापा हान्नुपर्ने अवस्था सिर्जना भएका घटनाहरू विगतमा समेत देखिएका छन्।
पक्राउ परेकाहरूको विवरण गोप्य राखिँदा निष्पक्ष कारबाही हुन्छ कि हुँदैन भन्ने आशंका थप बलियो बनेको छ। अब प्रहरीले पारदर्शिता देखाउँछ कि यो घटना पनि अन्य जस्तै ओझेलमा पर्छ, त्यो भने हेर्न बाँकी छ।
इनरुवा । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरी जिल्लामा कुल पाँच लाख ८० हजार ९४५ जना मतदाता सूचीकृत भएका...
सुनसरी । कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठनसँगै नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम...
कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८
सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी
कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९
© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.
© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.
Discussion about this post