इनरुवा । प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा समर्थन जनाउने सांसदहरूको सङ्ख्या बढ्दै गएको छ। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी तथा एक स्वतन्त्र सांसदले समेत पुनर्स्थापनाको मागमा हस्ताक्षर गरेका छन्।
कांग्रेसका सांसदहरू हस्ताक्षर गरिरहेको सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर उनीहरूले हस्ताक्षर गरेका हुन्। कांग्रेस संसदीय दल स्रोतका अनुसार जनता समाजवादी पार्टीकी सांसद हसिना खान, जनमत पार्टीकी गोमा लाभ सापकोटा र स्वतन्त्र सांसद योगेन्द्र मण्डलले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा औपचारिक रूपमा समर्थन जनाएका छन्।
यी हस्ताक्षरसँगै पुनर्स्थापनाको पक्षमा उभिने सांसदको कुल सङ्ख्या १४३ पुगेको छ। यसअघि एमालेका ७५ र कांग्रेसका ६५ सांसदले हस्ताक्षर गरिसकेका थिए। थप तीन सांसदको समर्थनपछि प्रतिनिधिसभा पुनर्स्थापनाको मागले अझ बल पाएको देखिएको छ।










Discussion about this post