• pradeshpoint
  • Pradeshpoint
Thursday, January 8, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित
in FEATURE, अपराध खबर
विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली
8
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । विराटनगरस्थित नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारका लागि आएका बिरामीका आफन्त शल्यक्रियाका लागि आवश्यक औषधि किन्न अस्पतालबाहिरका फार्मेसी धाउँछन् । चिकित्सकको नाम, छाप र हस्ताक्षर भएको पुर्जा बोकेर पुगेका उनीहरू धेरैजसो अवस्थामा नगद अभावका कारण उधारोमै औषधि लिन बाध्य हुन्छन् । यही बाध्यतालाई कमजोरी ठानी केही फार्मेसी सञ्चालकले बिरामीमाथि खुलेआम ठगी गरेको तथ्य बाहिरिएको छ ।

चिकित्सकले सिफारिस गरेका औषधि आफैंमा महँगा हुने गरेका छन् । तर फार्मेसी सञ्चालकले त्यसमा पनि बद्मासी गर्दै पुर्जामा लेखिएको औषधिको संख्यामा ‘अंक थप्ने’ गरेको प्रमाण फेला परेको छ । चिकित्सकले एक थान लेखिदिएको औषधिलाई दुई, तीन मात्र होइन—पाँच र आठसम्म पुर्‍याएर रकम असुलिएको देखिएको हो ।

घटनाको क्रममा ६४० रुपैयाँ पर्ने ‘रेक्युमिड–१’ लेखिएको पुर्जामा पछाडि ‘५’ थपिएको भेटिएको छ । यस्तै, ‘डेस्टिमिड–१’ लेखिएको स्थानमा ‘८’ थपिएको प्रमाण पनि सार्वजनिक भएको छ । प्रतिथान १ हजार २०८ रुपैयाँ पर्ने उक्त औषधिको संख्यामा गरिएको यो हेरफेरले बिरामी पक्षबाट हजारौं रुपैयाँ अतिरिक्त असुली भएको अनुमान गरिएको छ ।

फार्मेसीले चिकित्सकको पुर्जा लिएर फोटो कपी गर्ने र त्यही फोटो कपी आफ्नै नियन्त्रणमा राख्ने गरेको पनि खुल्न आएको छ । यही प्रक्रियाबाट पुर्जामा पछि अंक थपेर हिसाब मिलाउने गरिएको बताइएको छ ।

यो ठगी प्रकरण बाहिरिएपछि नोबेल अस्पताल प्रशासनसमेत अचम्मित बनेको छ । अस्पतालका महाप्रबन्धक दिपेश राईका अनुसार पीडित बिरामीका आफन्त अलिक पढेलेखेका भएकाले चिकित्सकको मूल पुर्जा र फार्मेसीले दिएको विवरण तुलना गर्दा ठगी पत्ता लागेको हो । “नत्र हतार र तनावको अवस्थामा झोलामा कति औषधि पर्‍यो भन्ने धेरैले हेर्दैनन्,” राईले बताए ।

घटनापछि अस्पताल प्रशासनले अस्पताल वरपर सञ्चालित फार्मेसीहरूसँग छलफलसमेत गरेको जनाएको छ । तर ठगी गरेको आरोप लागेको फार्मेसीका सञ्चालक भने छलफलमा नआएको अस्पतालको भनाइ छ । घटना सार्वजनिक भएपछि सम्बन्धित फार्मेसीका सञ्चालक सटर बन्द गरेर फरार भएको बताइएको छ ।

हातले लेखिने पुर्जाका कारण यस्ता ठगी हुने गरेको निष्कर्ष निकाल्दै नोबेल अस्पतालले अब कम्प्युटराइज्ड डिजिटल प्रणाली लागू गर्ने तयारी थालेको जनाएको छ । साथै, सेवाग्राहीलाई औषधि जुनसुकै फार्मेसीबाट किने पनि चिकित्सकले सिफारिस गरेको विवरण र खरिद गरिएको औषधि अनिवार्य रूपमा मिलान गर्न अनुरोध गरिएको छ । अस्पतालका आधिकारिक कागजात सुरक्षित राखी अन्तिममा फार्मेसीको बिलसँग हिसाब मिलाउन पनि आग्रह गरिएको छ ।

यस विषयमा सम्बन्धित फार्मेसी सञ्चालकसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । सटर बन्द गरेर फरार भएपछि उनीहरूको भनाइ सार्वजनिक हुन सकेको छैन ।

Tags: ‘अंक थपेर’असुलीठगिनेपुर्जामैफार्मेसी

Related Posts

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत
FEATURE

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
0

इनरुवा । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरी जिल्लामा कुल पाँच लाख ८० हजार ९४५ जना मतदाता सूचीकृत भएका...

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण
FEATURE

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित
0

सुनसरी । कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठनसँगै नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम...

कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

२०८२ पुस २२ गते, १४:१७ बजे प्रकाशित
इटहरीमा आगलागी, पाँच पसलमा लाखौँको क्षति

इटहरीमा आगलागी, पाँच पसलमा लाखौँको क्षति

२०८२ पुस २२ गते, १२:४९ बजे प्रकाशित
रंगेली संसारीमाई मन्दिरमा चोरी, धार्मिक सुरक्षा माथि प्रश्न

रंगेली संसारीमाई मन्दिरमा चोरी, धार्मिक सुरक्षा माथि प्रश्न

२०८२ पुस २० गते, १२:३० बजे प्रकाशित
निर्वाचन स्वच्छ बनाउन आयोगद्वारा कडा आचारसंहिता कार्यान्वयन

निर्वाचन स्वच्छ बनाउन आयोगद्वारा कडा आचारसंहिता कार्यान्वयन

२०८२ पुस २० गते, ११:५६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित
विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

२०८२ पुस २२ गते, १४:१७ बजे प्रकाशित
इटहरीमा आगलागी, पाँच पसलमा लाखौँको क्षति

इटहरीमा आगलागी, पाँच पसलमा लाखौँको क्षति

२०८२ पुस २२ गते, १२:४९ बजे प्रकाशित
रंगेली संसारीमाई मन्दिरमा चोरी, धार्मिक सुरक्षा माथि प्रश्न

रंगेली संसारीमाई मन्दिरमा चोरी, धार्मिक सुरक्षा माथि प्रश्न

२०८२ पुस २० गते, १२:३० बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist