सुनसरी । कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठनसँगै नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
पुनर्गठित मन्त्रिपरिषद् अनुसार नेपाली कांग्रेसबाट प्रदीपकुमार सुनुवारले भौतिक पूर्वाधार, मानबहादुर लिम्बूले स्वास्थ्य, इस्राइल मन्सुरीले कृषि तथा भीम पराजुलीले पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्। साथै शोभा चेम्जोङ भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त भएकी छन्।
यस्तै, नेकपा (एमाले) तर्फबाट विदुर लिङ्थेप आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् भने चिन्तन पाठक खानेपानी, सिँचाइ तथा ऊर्जा, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन र रामकुमार मेहता सामाजिक विकास मन्त्री नियुक्त भएका छन्। उमाकान्त गौतमले राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन्।
९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्। प्रदेश सरकार गठनका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ।











Discussion about this post