• pradeshpoint
  • Pradeshpoint
Wednesday, January 14, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस ३० गते, १९:३८ बजे प्रकाशित
in FEATURE, पालिका खबर
सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर
6
SHARES
Share on FacebookShare on Twitter

इटहरी । सानै उमेरदेखि विद्यार्थीको जग बलियो बनाउन इटहरी वडा नं. ४ मा रहेको किन्डरपिलर एकेडेमीले विद्यार्थीहरुलाई खेलकुद, सिर्जनात्मक र व्यवहारिक ढंगले ज्ञान आर्जन गर्ने रणनीति अपनाउन थालेको छ ।
विगत दस वर्षदेखि सञ्चालित किन्डरपिलर त्यसमा पनि प्ले ग्रुपदेखि कक्षा १ सम्म मात्र पठनपाठन हुने गरेकोमा तल्लो तहको जग बलियो बनाउने लक्ष्य राखेको स्कुलले खेलकुद, सिर्जनात्मक र व्यवहारिक तीनै पक्षलाई जोड्ने कार्यक्रम गरेर नमूना प्रस्तुत गरियो । कार्यक्रमको नाम दिइएको थियो, ‘विन्टर कार्निवल ।’स्कुल सञ्चालक सुभाष लुईटेलका अनुसार खेलकुद, सिर्जनात्मक र व्यवहारिक पक्षलाई शिक्षासँग जोडेर इटहरी क्षेत्रमा फरक पहिचान स्थापित गर्ने लक्ष्य राखेर यसै वर्षदेखि नयाँ नयाँ कामको थाल्नी गरिनेछ । खास गरेर खेलकुदले सबैलाई एकजुट बनाउन सक्नुका साथै आत्मबल, नेतृत्व क्षमता र काम गर्न सक्ने क्षमता बढाउँछ । सिर्जनात्मकताले सोच्ने शक्ति र दृष्टिकोणलाई फराकिलो बनाउँछ । साथै, पढाएका कुरालाई प्रयोग गर्न र जीवनउपयोगी बनाउने पद्धति नै व्यावहारिक शिक्षा हो ।
‘खेलकुद, सिर्जनात्मकता र व्यवहारिक पक्षलाई शिक्षामा जोड्दा विद्यार्थीलाई सानै उमेरदेखि वास्तविक जीवनमा आउने समस्यासँग लड्न भूमिका खेल्छ,’ लुईटेलले भने, ‘विज्ञान र प्रविधिले दिनदिनै फड्को मारि रहँदा पुरानै शैलीमा शिक्षण गर्ने र गराउने भएकाले गर्दा केही हदसम्म फरकपन ल्याएर शिक्षण गर्न यस्तो गर्न थालिएको हो ।’
कार्यक्रममा विद्यार्थीसँगै अभिभावकहरूको उपस्थिति रह्यो । कार्यक्रम अन्तर्गत फूड स्टल, गेम स्टल, बुक स्टल, फेस पेन्टिङ स्टल तथा क्रिएटिभिटी कर्नर जस्ता विविध स्टलहरू सञ्चालन गरिएका थिए । क्रिएटिभिटी कर्नरमा बालबालिकाहरूले आफ्नो सिर्जनात्मक क्षमता प्रदर्शन गर्दै चित्रकला, हस्तकला तथा रंगीन गतिविधिहरूमा सहभागिता जनाएका थिए, जसले अभिभावकहरूको समेत ध्यान आकर्षित गरेको थियो ।
त्यसैगरी, गेम स्टलमा बालबालिकाको उत्साह देखिन्थ्यो भने फुड स्टलमा अभिभावकहरूद्वारा तयार पारिएका विभिन्न परिकारहरूले कार्निवललाई अझ रमाइलो बनाएको थियो । बुक स्टलले बालबालिकामा पठन संस्कृतिको विकासमा टेवा पुर्‍याउने आशा गरिएको छ ।

Tags: किन्डरपिलरजग बलियोनयाँ रणनीतिमासानैदेखि

Related Posts

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण
FEATURE

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस ३० गते, १९:५२ बजे प्रकाशित
0

इनरुवा । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाले पालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूमा PAMS V2 र EHMIS प्रणाली अद्यावधिक तथा प्रभावकारी रूपमा सञ्चालन गर्न...

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै
FEATURE

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
0

सुनसरी । पुस २९ आउनासाथ पूर्वी तराईको हावामा एउटा छुट्टै सांस्कृतिक स्वाद मिसिन्छ । राजवंशी समुदाय तथा यस क्षेत्रका आदिवासी...

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित
विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

२०८२ पुस ३० गते, १९:५२ बजे प्रकाशित
सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

२०८२ पुस ३० गते, १९:३८ बजे प्रकाशित
भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist