• pradeshpoint
  • Pradeshpoint
Sunday, February 1, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

भ्रष्टाचार अन्त्य र सुशासन अबको पुस्ताको जिम्मेवारी : बालेन

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ १६ गते, १२:०८ बजे प्रकाशित
in FEATURE, समाचार
भ्रष्टाचार अन्त्य र सुशासन अबको पुस्ताको जिम्मेवारी : बालेन
7
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले शहीदहरूको बलिदानपछि पनि राज्यको स्वरूप जनमुखी बन्न नसकेको टिप्पणी गरेका छन्। शहीद दिवसको सन्दर्भमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले व्यवस्था परिवर्तन भए पनि शासनको प्रवृत्ति नबदलिएको बताएका हुन्।

गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको ८५ वर्ष पूरा भएको उल्लेख गर्दै बालेनले उनीहरूको योगदानलाई स्मरण गरेका छन्। ती शहीदहरूको बलिदानपछि करिब एक दशकमा राणा शासन अन्त्य भए पनि राज्य सञ्चालनको चरित्र भने जनअपेक्षाअनुसार रूपान्तरण हुन नसकेको उनको भनाइ छ।

उनका अनुसार पछिल्ला ८५ वर्षमा विभिन्न राजनीतिक परिवर्तन भए, तर सत्ताको शैली र सोचमा ठोस सुधार आउन सकेन। जनताले बारम्बार आन्दोलन गर्नुपरेको र धेरैले ज्यान गुमाउनुपरेको यथार्थलाई स्मरण गर्दै उनले शहीदका सपनाहरू अझै अधुरा रहेको उल्लेख गरेका छन्।

बालेनले हालै भएको ‘जेनजी आन्दोलन’ पनि उठान गर्दै सुशासन र भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण रूपमा उत्रिएका युवा तथा विद्यार्थीहरूले ज्यान गुमाउनु परेको घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले अब नयाँ पुस्ताले शहीदका आदर्शलाई व्यवहारमा उतार्ने जिम्मेवारी लिनुपर्ने समय आएको बताएका छन्।

उनले भ्रष्टाचार निर्मूल पार्दै सुशासन स्थापना गर्नु र देशलाई आर्थिक रूपमा सबल बनाउनु अहिलेको प्रमुख दायित्व भएको उल्लेख गरेका छन्। साथै, राज्यका निकायहरूमा बढ्दो दलीय प्रभाव हटाएर पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिएका छन्।

शहीद दिवसको अवसरमा उनले सबैलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त नेपाल निर्माणका लागि इमानदारीपूर्वक जुट्न आह्वान गरेका छन्।

Related Posts

विराटनगरमा मोरङको दबदबा, पहिलो कोशी एलाइट कप जित्यो
FEATURE

विराटनगरमा मोरङको दबदबा, पहिलो कोशी एलाइट कप जित्यो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ १८ गते, १२:०० बजे प्रकाशित
0

इनरुवा । विराटनगरको मेरिलेवन ज्वाला क्रिकेट मैदान शनिबार उत्सवमय बन्यो । घरेलु क्रिकेटमा नयाँ इतिहास रच्दै मोरङले प्रथम कोशी एलाइट...

प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समिति गठन सम्पन्न
FEATURE

प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समिति गठन सम्पन्न

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ १६ गते, १८:४२ बजे प्रकाशित
0

सुनसरी। २४ महिने अप्रेन्टिसिप कार्यक्रम अन्तर्गत प्रदेश स्तरीय अप्रेन्टिसिप पूर्व विद्यार्थी (अल्मुनाइ) समिति गठन गरिएको छ। दिगो तथा सम्मानित रोजगारका...

प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समिति गठन सम्पन्न

प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समिति गठन सम्पन्न

२०८२ माघ १६ गते, १८:३० बजे प्रकाशित
“मोरङमा सादा पोशाकका घुमुवा प्रहरी अझै सक्रिय, अवैध असुलीको आरोप”

“मोरङमा सादा पोशाकका घुमुवा प्रहरी अझै सक्रिय, अवैध असुलीको आरोप”

२०८२ माघ १६ गते, १४:१७ बजे प्रकाशित
निर्वाचन लक्ष्यित बजेट वितरण तीव्र, आयोग र सुरक्षा निकायलाई अर्बौं स्रोत

निर्वाचन लक्ष्यित बजेट वितरण तीव्र, आयोग र सुरक्षा निकायलाई अर्बौं स्रोत

२०८२ माघ १६ गते, १२:३९ बजे प्रकाशित
जनता क्याम्पसमा पाँच करोड रुपैयाँमा छात्रावास निर्माण हुदै

जनता क्याम्पसमा पाँच करोड रुपैयाँमा छात्रावास निर्माण हुदै

२०८२ माघ १५ गते, २०:५२ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

विराटनगरमा मोरङको दबदबा, पहिलो कोशी एलाइट कप जित्यो

विराटनगरमा मोरङको दबदबा, पहिलो कोशी एलाइट कप जित्यो

२०८२ माघ १८ गते, १२:०० बजे प्रकाशित
प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समिति गठन सम्पन्न

प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समिति गठन सम्पन्न

२०८२ माघ १६ गते, १८:४२ बजे प्रकाशित
प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समिति गठन सम्पन्न

प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समिति गठन सम्पन्न

२०८२ माघ १६ गते, १८:३० बजे प्रकाशित
“मोरङमा सादा पोशाकका घुमुवा प्रहरी अझै सक्रिय, अवैध असुलीको आरोप”

“मोरङमा सादा पोशाकका घुमुवा प्रहरी अझै सक्रिय, अवैध असुलीको आरोप”

२०८२ माघ १६ गते, १४:१७ बजे प्रकाशित
निर्वाचन लक्ष्यित बजेट वितरण तीव्र, आयोग र सुरक्षा निकायलाई अर्बौं स्रोत

निर्वाचन लक्ष्यित बजेट वितरण तीव्र, आयोग र सुरक्षा निकायलाई अर्बौं स्रोत

२०८२ माघ १६ गते, १२:३९ बजे प्रकाशित
भ्रष्टाचार अन्त्य र सुशासन अबको पुस्ताको जिम्मेवारी : बालेन

भ्रष्टाचार अन्त्य र सुशासन अबको पुस्ताको जिम्मेवारी : बालेन

२०८२ माघ १६ गते, १२:०८ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist