• pradeshpoint
  • Pradeshpoint
Sunday, February 1, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समिति गठन सम्पन्न

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ १६ गते, १८:३० बजे प्रकाशित
in FEATURE, पालिका खबर
प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समिति गठन सम्पन्न
9
SHARES
Share on FacebookShare on Twitter

सुनसरी। २४ महिने अप्रेन्टिसिप कार्यक्रम अन्तर्गत प्रदेश स्तरीय अप्रेन्टिसिप पूर्व विद्यार्थी (अल्मुनाइ) समिति गठन गरिएको छ।

दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो अन्तर्गत सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको समन्वयमा सञ्चालन भइरहेको २४ महिने अप्रेन्टिसिप कार्यक्रममा सहभागी विभिन्न प्राविधिक शिक्षालयमा गठन भएका अल्मुनाइ समितिहरूमध्येबाट प्रदेश स्तरीय अल्मुनाइ समिति चयन गरिएको हो।

इटहरीमा आज सम्पन्न भेलाबाट आदर्श माध्यमिक विद्यालय, विराटनगरका अप्रेन्टिसिप पूर्व विद्यार्थी श्री विक्रम कुमार साह सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित हुनुभएको छ। भेलाले अन्य पदाधिकारी तथा सदस्यहरू समेत सर्वसम्मत रूपमा चयन गर्दै ७ सदस्यीय प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समिति गठन गरेको छ।

कार्यक्रममा इन्स्योर परियोजनाकी टिभेट संयोजक रेखा उप्रेतीले प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समितिको भूमिका राज्य तथा परियोजना दुवैका लागि महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले समितिले आगामी दिनमा सञ्चालन गर्न सक्ने सम्भावित गतिविधि र कार्ययोजनाबारे समेत धारणा व्यक्त गर्नुभयो।

भेलामा सहभागी उम्मेदवारहरूले आ–आफ्ना भावी कार्ययोजना प्रस्तुत गरेका थिए। सम्पूर्ण शिक्षालयको प्रतिनिधित्व गर्दै मनमोहन स्मृति पोलिटेक्निकका इन्जिनियर श्री लोचन राज न्यौपानेले प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (TVET) क्षेत्रमा विद्यमान समस्या र चुनौती समाधानमा यस समितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै नव–निर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिनुभयो।

नव–निर्वाचित अध्यक्ष श्री विक्रम कुमार साहले २४ महिने अप्रेन्टिसिप कार्यक्रम अन्तर्गतका सम्पूर्ण प्रशिक्षार्थीहरूको पोर्टफोलियो निर्माणलाई प्राथमिकताका साथ सहजीकरण गरी कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा उपस्थित सहभागीहरूले नव–निर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। समितिको कार्यकाल दुई वर्षको रहनेछ।

उल्लेखनीय छ, दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो नेपाल सरकार र स्वीस सरकारबीचको संयुक्त साझेदारीमा सञ्चालन भइरहेको कार्यक्रम हो, जसमा हेल्भेटास नेपालले प्राविधिक सहयोग प्रदान गरिरहेको छ।

प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समिति सदस्यहरू:

१. विक्रम कुमार साह – आदर्श मा.वि., विराटनगर (अध्यक्ष)

२. बिकास चन्द्र राजबंशी – मोहनमाया प्राविधिक शिक्षालय (सदस्य–सचिव)

३.सन्दिप गुरुङ – नरबहादुर कर्माचार्य प्राविधिक शिक्षालय, बिर्तामोड (सदस्य)

४.रबिना कुमारी मण्डल – सैलाजा आचार्य पोलिटेक्निक (सदस्य)

५.सुलेखा कुमारी मण्डल – सैलाजा आचार्य पोलिटेक्निक (सदस्य)

६.अन्जुम आरा – आदर्श मा.वि. (सदस्य)

७.बसन्त कुमार मण्डल – महानगर बहुप्राविधिक शिक्षालय (सदस्य) मा चयन भएका छन् ।

Tags: अप्रेन्टिसिप अल्मुनाइगठनप्रदेश स्तरीयसमिति

Related Posts

विराटनगरमा मोरङको दबदबा, पहिलो कोशी एलाइट कप जित्यो
FEATURE

विराटनगरमा मोरङको दबदबा, पहिलो कोशी एलाइट कप जित्यो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ १८ गते, १२:०० बजे प्रकाशित
0

इनरुवा । विराटनगरको मेरिलेवन ज्वाला क्रिकेट मैदान शनिबार उत्सवमय बन्यो । घरेलु क्रिकेटमा नयाँ इतिहास रच्दै मोरङले प्रथम कोशी एलाइट...

प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समिति गठन सम्पन्न
FEATURE

प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समिति गठन सम्पन्न

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ १६ गते, १८:४२ बजे प्रकाशित
0

सुनसरी। २४ महिने अप्रेन्टिसिप कार्यक्रम अन्तर्गत प्रदेश स्तरीय अप्रेन्टिसिप पूर्व विद्यार्थी (अल्मुनाइ) समिति गठन गरिएको छ। दिगो तथा सम्मानित रोजगारका...

“मोरङमा सादा पोशाकका घुमुवा प्रहरी अझै सक्रिय, अवैध असुलीको आरोप”

“मोरङमा सादा पोशाकका घुमुवा प्रहरी अझै सक्रिय, अवैध असुलीको आरोप”

२०८२ माघ १६ गते, १४:१७ बजे प्रकाशित
निर्वाचन लक्ष्यित बजेट वितरण तीव्र, आयोग र सुरक्षा निकायलाई अर्बौं स्रोत

निर्वाचन लक्ष्यित बजेट वितरण तीव्र, आयोग र सुरक्षा निकायलाई अर्बौं स्रोत

२०८२ माघ १६ गते, १२:३९ बजे प्रकाशित
भ्रष्टाचार अन्त्य र सुशासन अबको पुस्ताको जिम्मेवारी : बालेन

भ्रष्टाचार अन्त्य र सुशासन अबको पुस्ताको जिम्मेवारी : बालेन

२०८२ माघ १६ गते, १२:०८ बजे प्रकाशित
जनता क्याम्पसमा पाँच करोड रुपैयाँमा छात्रावास निर्माण हुदै

जनता क्याम्पसमा पाँच करोड रुपैयाँमा छात्रावास निर्माण हुदै

२०८२ माघ १५ गते, २०:५२ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

विराटनगरमा मोरङको दबदबा, पहिलो कोशी एलाइट कप जित्यो

विराटनगरमा मोरङको दबदबा, पहिलो कोशी एलाइट कप जित्यो

२०८२ माघ १८ गते, १२:०० बजे प्रकाशित
प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समिति गठन सम्पन्न

प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समिति गठन सम्पन्न

२०८२ माघ १६ गते, १८:४२ बजे प्रकाशित
प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समिति गठन सम्पन्न

प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समिति गठन सम्पन्न

२०८२ माघ १६ गते, १८:३० बजे प्रकाशित
“मोरङमा सादा पोशाकका घुमुवा प्रहरी अझै सक्रिय, अवैध असुलीको आरोप”

“मोरङमा सादा पोशाकका घुमुवा प्रहरी अझै सक्रिय, अवैध असुलीको आरोप”

२०८२ माघ १६ गते, १४:१७ बजे प्रकाशित
निर्वाचन लक्ष्यित बजेट वितरण तीव्र, आयोग र सुरक्षा निकायलाई अर्बौं स्रोत

निर्वाचन लक्ष्यित बजेट वितरण तीव्र, आयोग र सुरक्षा निकायलाई अर्बौं स्रोत

२०८२ माघ १६ गते, १२:३९ बजे प्रकाशित
भ्रष्टाचार अन्त्य र सुशासन अबको पुस्ताको जिम्मेवारी : बालेन

भ्रष्टाचार अन्त्य र सुशासन अबको पुस्ताको जिम्मेवारी : बालेन

२०८२ माघ १६ गते, १२:०८ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist