सन्तोष मेहता । यतिखेर बर्षे धान रोपाईको मध्य समय हो । धान रोपाईकानिम्ति खेतमा पर्याप्त पानीको आवश्यकता हुन्छ तर यस्तो समयमा सुनसरी मोरङ सिचाई आयोजनाको मुल नहर सुक्खा छ । नहरमै पानी नहुँदा शाखा नहरहरु त्यसै सुुक्खा हुनु स्वाभाविक हो । असार १३ र १४ गतेको बर्षायता मुल श्रोतबाटै नहरको पानी बन्द गरिएको छ । सिचाईको नहर ठाउँठाउँमा भत्किएका कारण पानीको बहाव बन्द गरिएको हो । जसले गर्दा कृषकले धान रोपाईमा समस्या बेहोर्नु परेको छ । बर्षाको कारणले डूबानको अवस्था सृजना भएपछि नहर किनारका बस्तीहरुमा बस्ने सर्वसाधारणले ठाउँठाउँमा नहरको डिल काटिदिएपछि पानी संचालनमा समस्या भएको हो । यतिखेर मुल नहर संचालनमा दुईठाउँमा मानविय कारणले र एक ठाउँमा प्राकृतिक कारणले समस्या उत्पन्न भएको छ । पुर्वपश्चिम मुल नहरको ग्रामथान गाउँपालिका–६, इटहरीको वडानम्बर १२ र सुनसरीकै ८० आरडीमा समस्या उत्पन्न भएको हो । ग्रामथान गाउँपालिका–६ को नेताचोकबाट झण्डै २ सय मिटर पश्चितर्फ रहेको जुडि टोलका सर्वसाधारणले बस्ती डूबानको अवस्था उत्पन्न भएपछि बस्ती दक्षिणतर्फ रहेको नहरको डिल भत्काएका थिए । यस्तै ईटहरी १२ को खनारमा समेत बस्तीमा जमेको पानी निकासदिन स्थानीयले उत्तरतर्फबाट नहरको डिल काटेका छन भने खनार पश्चिमतर्फ रहेको ८० आरडी भन्ने स्थानमा बाढीले नहरको भित्ता भत्काएको थियो । ठाउँठाउँमा नहर भत्एिकाले यस्तो अवस्थामा पानी संचालनगर्दा थप समस्या सृजना हुने भएकाले तत्कालकालागि पानीको बहाव रोकिएको सुनसरी मोरङ सिचाई आयोजनाले जनाएको छ । एकसातायता पानी संचालन बन्द गरिएको अवस्थामा आयोजनाले नहरको मर्मत कार्य शुरु गरेको छ । यतिखेर ८० आरडीमा ब्याक फिलिङको काम जारी छ भने भत्किएका अन्य ठाउँमा माटो पुरेर मर्मतको काम शुरु गरिएको आयोजनाका निर्देशक भिलानन्द यादवले जानकारी दिनुभयो । आउदो एकदुई दिनभित्रै नहरमा पानी सुचारु गर्ने
आयोजना निर्देशक, सुनसरी मोरङ सिचाई आयोजना
सुनसरी मोरङ सिचाई आयोजनाले सुनसरी र मोरङको १ लाख बिग्घा क्षेत्रफलमा सिचाईको सुविधा उपलब्ध गराउँदै आएको छ ।
Discussion about this post