इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ शिवगञ्जमा रहेको जनता माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा गठन भएको बाल अधिकार चेतना समूह भोक्राहा नरसिंह गाउँपालिका वडा नं.३ स्थित जनता मावि शिवगञ्जको समन्वय र विद्यालयको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरुको बौद्धिक विकासका लागि सामान्य ज्ञान र पाठ्यक्रमका विषयमा कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरु बिच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।
शुक्रबार विद्यार्थीहरुको क्षमता बृद्धि गर्न सकुन र आफ्नो क्षमतालाई अगाडी बढाउन सकुन भन्ने उद्देश्यले जनता मावि बाल अधिकार चेतना समूहको आयोजनामा यो प्रतियोगिताको आयोजना गरिएको बाल अधिकार चेतना समूहका अध्यक्ष निर्मला मण्डलले जानकारी दिए । प्रतियोगितामा चार समूहबाट २० जना विद्यार्थीहरुले भाग लिएका थिए । प्रतियोगितामा महानन्द मण्डलको समूह प्रथम भएका छन । यसैगरि निरज कुमार उराँवको समूह द्धितिय सूर्यनारायण मण्डलको समूह तृतिय र निर्मला कुमारी मण्डल समूह सान्तवना भएका छन ।
कार्यक्रममा प्रमुख अतिथी मानव अधिकार समूहका अध्यक्ष नुनुलाल साह र बाल अधिकार चेतना समूहका अध्यक्ष निर्मला मण्डल, शिक्षक देवकी यादवले प्रतियोगितामा प्रथम, द्वितीय,तृतिय र सान्तवता स्थानमा विजयी विद्यार्थीलाई बधाई दिएका थिए । विद्यार्थीहरुको क्षमता विकासका लागी गरिने अतिरिक्त कृयाकलापका लागि बालअधिकार चेतना समूहलाई सहयोग गर्ने ईन्सेक सहजकर्ता जयकृष्ण यादवले जानकारी दिए ।
Discussion about this post