इनरुवा । सुनसरीको हरिनगर गाउँपालिकामा हाट कर बट्टी मिनाहा गनुपर्ने माग गर्दै सयौँको संख्यामा स्थानीयहरुले बिरोध गरेका छन् ।
नगरिक समाज र युवाहरुको संयुक्त आयोजनामा भएको बिरोध कार्यक्रममा २ दुई जना वडाध्यक्ष र नेकपा एमालेका नेता तथा कार्यक्रर्ताहरुको समेत उल्लेखिय सहभागीतामा बिरोध प्रर्दशन गरेका थिए ।
स्थानीय युवा बसिम अख्तरका अनुसार हरिनगर गाउँपालिका १ र २ नम्बर वडा कार्यालयले साउन १ गतेबाट कुनैपनि हाट र गुद्रीको कर बट्टी नलिने निर्णय नै गरेको भएपनि गाउँपालिकाले त्यसको बिरुद्ध हाट ठेक्का लगाउन खोजेको भन्दै स्थानीयवासीहरु बिरोधमा उत्रेका हुन् ।
गाउँपालिकाको एकल निर्णय र गलत धन्दाहरुको भण्डाफोर गर्दै युवाहरुले गाउँपालिकामा पाँच वर्ष यता भएको सबै खर्च विवरणहरु सार्वजानिक गर्नुपर्ने, भ्रष्टाचारीहरुलाई कारवाही गर्नुपर्ने , अनियमितता र कमसल काम भएको ठाउँमा छानबिन गर्नुपर्ने लगायतका माग सेलाउन नपाउँदै हाट कर बट्टी छुटको माग गर्दै बिरोध प्रर्दशन गरेको स्थानीय अहमद मिँयाले जानकारी दिए ।
बिरोधसभामा स्थानीय नेकपा एमालेका नेता श्रीकृष्ण मेहताले गाउँपालिकाको लुटतन्त्रलाई अन्त्य गर्नका लागि सबै एक जुट हुनुपर्नेमा जोड दिए ।
मेहताले गाउँपालिकामा पाँच वर्षको अवधिमा झण्डैँ दुई अर्व रुपैयाँ अनियमितता भएको भन्दै सबैको छानबिन गर्नुपर्ने अनाधिकृत रुपमा उठाईरहेको हाट कर बट्टी पुर्ण रुपमा उठाउन बन्द गर्नुपर्ने माग गरेका छन् ।
त्यसैगरी हरिनगर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष मोहम्द अंसारीले आफुहरुको निर्णयलाई गाउँपालिकाले व्यवस्ता गरेकाले संघर्षमा उत्रन बाध्य बनाएको बताए ।
उनले आफुहरुको दुई वटा वडामा लाग्ने दैनिक तथा साप्ताहिक हाट र गुद्रीमा कुनैपनि कर उठाउन नदिने र व्यापारी तथा किसानहरुलाई वट्टीको नाममा कुनैपनि रकम नतिर्न आग्रह गरेको बताए ।
आन्दोलनको दिन शनिबार किसान तथा व्यापारीहरुले बट्टी बहिष्कार गरी वडा र नागरिक समाजको आन्दोलनलाई ऐक्यवद्धता जनाएका छन् ।
सोही सभामा नेकपा एमालेका नेता तथा मुस्लिम समुदायका अगुवा जफर जमालीले कर बढाएर जनतालाई ढाड सेक्ने काम गरेको र त्यसमाथी आफ्नै खेतबारीमा उब्जाएको तरकारी बिक्री गर्न आउँदा अनावश्यक कर संकलन गरेकोले त्यसलाई पूर्णरुपमा बन्द गर्नुपर्ने तर्क गरे ।
उनले किसानमाथीको अन्याय, अत्याचार र दमन शोषण बन्द गरी समयमा मलखाद्य र बिउ तथा उचित बजारको व्यवस्थापन गर्न स्थानीय सरकारलाई सुझाव दिए ।
युवा नेता देवनन्दन मेहताले स्थानीय सरकारले जनता माथी अन्याय हुने खालको कुनैपनि काम गर्न नहुने भन्दै हाट र बाटोको नाममा कुनैपनि कर नउठाउन आग्रह गर्दै अटेर गरे थप आन्दोलन गर्ने चेतावनी दिए ।
सोही कार्यक्रममा हरिनगर वडा नं.१ का वडाध्यक्ष अनरुद्ध गुप्ताले आफुहरुको निर्णयलाई गाउँपालिकाले उपेक्षा गर्न खोजेको भन्दै कडा बिरोध गरेका छन् ।
उनले आफुहरुको निर्णयलाई व्यवस्ता गरे थप संघर्ष गर्ने चेतावनी दिए ।
गुप्ताले कृषिको नाममा सवाँ २ करोड, स्वास्थ्यका नाममा करोडौँ र विकासका नाममा अरब बढी अनियमितता गरेको दाबी गर्दै सबैको सुक्ष्म छानबिन हुनुपर्ने माग गरे ।
गुप्ताले गाउँवासीलाई हाट करबट्टीको नाममा कुनैपनि कर नतिर्न अपील गरेका छन् ।
Discussion about this post