टीकापुर /कैलालीको टीकापुर नगरपालिकामा रहेका २ वटा अस्थाई ट्राफिक प्रहरी पोष्टद्धारा साढे २५ लाख राजस्व संकलन गर्न सफल भएको छ । टीकापुर नगरपालिका वडा न.. १ टीकापुरमा रहेको अस्थाई ट्राफिक प्रहरी पोष्टद्धारा १९लाख ६४हजार २सय राजस्व संकलन गर्न सफल भएको छ भने टीकापुर नगरपालिका वडा नं.७ सत्तीमा रहेको ट्राफिक प्रहरी पोष्टले ४लाख ० हजार ४ सय राजस्ज संकलन गरेको छ । टीकापुर ट्राफिक प्रहरी पोष्टले आर्थिक वर्ष २०७८ ०७९मा २हजार सय ३४ मोटरसाईकल, १५२वटा ट्रक ,३५जटा बस ७९वटा कार १७९ वटा ट्याक्टर र अटो रिक्सा ४९ वटा कारबाही गरि उक्त राजस्व संकलन गरेको ट्राफिक प्रहरी पोष्टका ईन्चार्ज प्रहरी नायब निक्षिक बिनोद प्रसाद जोशीले जानकारी दिएका छन । त्यसैगरी ट्राफिक प्रहरी पोष्ट सत्तीले पनि ट्रक ६८वटा बस ३६वटा जिप ४४वटा ट्याक्टर १०९वटा मोटरसाईकल ६७६वटा र अटो रिक्सा ६ वटा कारबाही गरि ४लाख ० हजार ४सय राजस्व संकलन गर्न सफल भएको ट्राफिक प्रहरी पोष्ट सत्तीका ईन्चार्ज प्रहरी हवल्दार तारा विष्टले जानकारी दिएका छन । टीकापुर क्षेत्रका २वटा ट्राफिक प्रहरी पोष्टद्धारा एक वर्षका ५हजार ३सय ४८ बटा सवारी साधनलाई कारबाही गरेको तथ्यांक रहेको पाईन्छ ।सबै भन्दा बढी मोटरसाईकल कारबाहीमा परेको समेत ट्राफिक प्रहरी पोष्ट टीकापुरका ईन्चार्ज जोशीले जानकारी दिए । टीकापुर क्षेत्रमा एक वर्षमा दुर्घटनामा ज्यान गुमाउनेको ७ रहेको छ भने १४ जना घाईते भएको समेत जोशीले जानकारी दिएका छन ।
Discussion about this post