शुभ नारायण यादव /सप्तरी ।
सप्तरीको राजविराज नगरपालिकाको समस्या पार्किङ एक प्रमुख समस्या रहेको छ । जिल्लामा बढ्दो शहरीकरण तथा सवारी साधनको बढ्दो चापले पार्किङ पाउन मुस्किल हुनेगर्छ, जसकारणले गर्दा मानिसले फुटपाथमा पार्किङ गर्न विवश्ता रहेका छन । फुटपाथमा पार्किङ गर्नाले सर्वसाधारणलाई हिँडडुल तथा आवतजावत गर्नमा समस्या परेको छ। दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी फुटपाथमा पार्किङ गर्नाले साधारण मानिसलाई भन्दा अपाङ्गता भएकालाई झनै समस्या पर्ने गरेको छ। सावारी पार्किङ गर्नाले आवतजावत गर्न निकै कठिन भएको स्थानिय बताउनु हुन्छ ।
राजविराजको नेता चौकको उत्तर,दक्षिण ,राम मन्दिर नजिक सडकखण्ड, अदालत,जिल्ला प्रशासन कार्यालय सडकखण्ड, गजेन्द्र चौक सडकखण्डमा सवारी पर्किङ गर्नाले विशेषत पैदल हिँडडुल गर्नेलाई समस्या भएको छ। स्थल अभावका कारणले कतिपय ठाउँका रिकण्डिसन तथा वर्कशपले शाखा सडक तथा फुटपाथ अतिक्रण गरेर सावरी बिक्री तथा मर्मत गर्न राखिएको पाइन्छ। जसकारण सर्वसाधारणलाई आवतजावत गर्न कठिन हुने र सवारीसाधनको ट्राफिक जाम हुने गरेको छ ।
Discussion about this post