इनरूवा ।सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर मिँयाका आफ्नै सहाेदर भाईले नेपाल पत्रकार महासंघका सदस्य दिपेन्द्र यादवलाई समाजिक सञ्जाल मार्फत धम्की दिएका छन् ।
अध्यक्ष मियाँका आफ्नै सहाेदर भाईले राजनीतिक पहुँच र सत्ताको आडमा पत्रकार यादवलाई धम्की दिएका हुन् ।
समाजिक सञ्जालमा धम्क्याउने व्यक्ति भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष अजमल अख्तर आजाद मियाको भाइ अमजद अखतर मिया (अमजद हुसैन) हुन् । उनले राज्यको चाैथाै अंग अर्थात् पत्रकारलाई गुन्डागर्दी शैलीमा धम्क्याएका छन् ।
सुनसरीलाई केन्द्र बिन्दु बनाएर लामो समयदेखि देखि पत्रकारीता गर्दै आउनु भएका र नेपाल पत्रकार महासंघ सुनसरीका सदस्य तथा प्रदेश प्वाइन्ट डट कम अनलाइन पत्रिकाका सम्पादक समेत रहेका पत्रकार दिपेन्द्र यादवलाई अमजद हुसैनले सामाजिक संजाल मार्फत “आफ्नो ठेगान छैन अरुलाई के होसियार गरेको ” भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिएका छन् । लोकतन्त्रमा यसरी गुन्डागर्दी शैलीमा सार्वजनिक रुपमा अर्थात् सामाजिक संजाल मार्फत चुनाैती दिदै धम्क्याउनु सरासर कानुन र लोकतन्त्रको विपरीतको काम हो ।
पत्रकार तथा स्थानीय नागरिक समेत रहेका दिपेन्द्र यादवले आफ्नो आधिकारिक फेसबुक पेजमा यस्तो लेखेका छन ,’ भोक्राहा नरसिंह गाउँपालिकामा मनपरी किन ??? जिम्मेवारीबाट पन्छिन मिल्दैन, होसियार, मनपरी गर्न पाउँदैन ।।। यो पोस्टमा अमजद हुसैनले कमेन्ट मार्फत दिपेन्द्र यादवलाई “आफ्नो ठेगान छैन अरुलाई के होसियार गरेको ” लेख्दै धम्क्याएका छन् ।
त्यसपछि पत्रकार दिपेन्द्र यादवले “जनताले मनपरि गर्न दिन्छ र, कसरी मेराे ठेगान छैन् दाजु ???” लेखेर प्रश्न गरेका छन । तर उत्तर भने फर्काएका छैनन् ।
राजनीतिक पहुँच र सत्ताको पावरको दुरुपयोग गर्दै यसरी धम्क्याउदा स्थानीय नागरिकमा त्रास बढेको छ । स्थानीय प्रशासनले ठेगान लगाउने अर्थात् लगाइदिने, धम्क्याउने व्यक्तिहरुलाई ठेगान लगाउनु पर्ने आजको आवश्यकता बनेको छ । यस्ता व्यक्तिहरुले गर्दा स्थानीय नागरिकको सुरक्षामा चुनाैती थपेको महसुस भएको छ ।
पत्रकार तथा राज्यको जिम्मेवार व्यक्तिलाई यसरी धम्क्याउने गरेको व्यक्ति सर्वसाधारणलाई कसरी धम्क्याउदै होलान् भन्ने यति बेला प्रश्न उब्जेको छ ? भने भाेक्राहा नरसिंह गाउँबासी तथा पत्रकार अजमल नेपाली, रविन्द्र यादव, देवराज यादव लगायतकाले उनले दिएको अभिव्यक्तिको घोर भत्र्सना गरेका छन् ।
उता पत्रकार दिपेन्द्र यादवले अजहर आलमको पोस्टमा कमेन्ट मार्फत लेखेका छन्,’ “खरखाजना मुद्दामा ६ महिना देखि १ वर्ष सम्म सजाय हुन्छ, त्यति दिन सम्म पुग्ने रासन पानी, लत्ताकपडा सबै समान उतैबाट किनेर आउनु दाजु , म पनि तपाईंसँगै हुन्छु हाेला, मलाई पनि फसाउने कुरा चल्दैछ ।।” भन्ने लेखेका छन् ।
Discussion about this post