मान बहादुर ठकुल्ला
टीकापुर / कैलालीको टिकापुर नगरपालिका वडा नं ७ सत्तीका एक बालक रकम अभावको कारण क्यान्सर राेग संग लडिरहेका बालक समीर चाैधरीलाई टीकापुर ७ बैदी निवासी हाल अध्ययनकाे शिलशिलामा अमेरिका रहेका मदन साउदले दस हजार सहयाेग गरेका छन ।
विभिन्न संचार माध्यममा समाचार प्रकाशित भएपछि सहयाेग गरेकाे बताएका छन । साउदले पत्रकार मान बहादुर ठकुल्लाकाे समाचार पढेपछि पत्रकार ठकुल्ला मार्फत रकम पठाएका हुन । साउदले सहयाेग स्वरुप पठाएकाे दस हजार युवा सराेकार समुहका अध्यक्षलाई ठकुल्लाले हस्तान्तरण गरेका छन । समिरकाे परिवार उपचारका लागि क्यान्सर अस्पताल खजुरा पठाएकाे छ भने सराेकार समूह रकम संकलनमा जुटेकाे अध्यक्ष सन्ताेष नेपाली ले जानकारी दिएका छन । उनका उनुसार स्थननिय ब्यापारी लगायत बाट १९ हजार हिजाे बुधबार संकलन गरिएको जानकारी दिए ।
सत्ती बजार ( राम मन्दिर नजिकै ) स्थित सन्तोष चाैधरिका १२ वर्षिया छाेरा समीर चाैधरि लाई क्यान्सर राेग भएको बताइएको छ । उनको शारीरिक चेकजाँच गर्दा डाक्टरले क्यान्सरको शिकायत भएको स्थानीय युवा महेश रावलले जानकारी दिएका छन् ।
राम मन्दिरमा धार्मिक कार्यक्रम गर्नका लागि घर घरमा सहयोग रकम जुटाउने क्रममा समिरकाे बारेमा जानकारी भएको स्थानीयकाे भनाइ छ । उनको शारीरिक अवस्था देख्दा उनलाई स्थानीय युवाले साथीभाइ बिच रकम उठाइ बुधबार टिकापुर अस्पतालमा चेकजाँचका लागि लिएको महेश रावलले बताए । उनलाई क्यान्सर भएको र साे उपचारको लागि भरतपुर क्यान्सर अस्पताल चितवनमा जाने सल्लाह दिएको उनको उपचारका लागि पहल लिएका महेश रावलले बताए । बालकका बाबु सन्तोष चाैधरी र आमा रिमा चाैधरी मजदुर भएकोले उपचारमा लाग्ने खर्च नभएर घरमै राेग पालेर बसेकाे युवा सराेकार समुहका अध्यक्ष सन्तोष नेपालीले बताए ।
समिरकाे उपचारका लागि युवा सराेकार समूह सत्ती मार्फत अभियान थालिएकाे स्थानीय युवा महेश रावलले बताए । समीर चाैधरीकाे दायाँ हातकाे काँधमा क्यान्सरकाे सिकायत भएकाे जुन सुन्निएकाे अवस्थामा रहेकाे छ। उनकाे उपचारका लागि अाफ्नतले र युवाहरुले सबैमा अाग्रह गरेका छन ।एक बर्ष अगाडि खेल्दा खेल्दै भाचिएकाे र पैसा अभाभमा उपचार गर्न नसके र हाल आएर यस्ताे अवस्थामा पुगेकाे छिमेकी का युवा महेश रावलले जानकारी दिएका छन । स्थानिय युवाहरुकाे पहलमा आज खजुरा स्थित क्यान्सर अस्पताल पठाएकाे महेश रावलले जानकारि दिएका छन ।
Discussion about this post