इनरुवा । सुनसरीमा पछिल्लो समय अपराधका घटना बढेको तथ्याङ्क सार्वजनिक गरेका छन् । सामन्य लुटपाट छोडेर बलात्कार, हिंसा, हत्या तथा अपराधका घटना निकै बढेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले सार्वजानिक गरेको तीन वर्षको तथ्यांक हेर्दा डरलाग्दो अवस्थामा अपराधिक घटनामा वृद्धि भएको छ । कानुन जती कडा बनेको भएपनि अपराधिक घटनामा कमी आएको छैन् । प्रहरी तथ्यांक अनुसार जबरजस्ती करणी र लागु औषधका घटनामा वृद्धि भएको छ । तीन आर्थिक वर्षको जिल्ला प्रहरी कार्यालय सुनसरीको तथ्यांक हेर्दा जबरजस्ती करणीको घटनामा वृद्धि भएको पाइएको छ । आर्थिक वर्ष २०७६÷७७ मा जिल्लामा एक सय वटा बलात्कारका घटना भएकोमा आर्थिक वर्ष २०७७÷०७८ मा एक सय २० वटा र आर्थिक वर्ष २०७८÷०७९ मा एक सय २२ वटा घटना भएको छ । जिल्लामा ३ वर्षमा बलात्कारका तीन सय ४२ उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयको तथ्याकंमा छ ।
जिल्लामा २०७६-०७७ देखि ०७८-७९ सम्म आइपुग्दा जबरजस्ती करणकीको घटनामा २२ प्रतिशतले वृद्धि भएको छ छ । त्रिवर्षीय आकडा अनुसार सबैभन्दा धेरै आपराधिक घटनामा बलात्कार पहिलोमा रहेको छ । त्यस्तै लागु औषधका घटनामा पनि वृद्धि भएको तथ्यांक सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सार्वजनिक गरेको पछिल्लो ३ वर्षको तथ्यांक अनुसार चार सय ७१ वटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७६-०७७ मा एक सय ३२, आव २०७७-७८ मा एक सय ४८ थान र आव २०७८-७९ मा एक सय ९१ वटा मुद्दा दर्ता भएको तथ्यांकले देखाएको छ ।
प्रहरीले आफै काम गर्दै गरेको अध्ययन र परेको मुद्धा अनुसारका कर्तव्य ज्यानमा आर्थिक वर्ष २०७६-०७७ मा १५, आव २०७७-७८ मा २५ थान र आव २०७८-७९ मा २० वटा मुद्दा दर्ता भएको तथ्यांकले देखाएको छ । ज्यान मार्ने उद्योगमा आर्थिक वर्ष २०७६-०७७ मा ४० थान, आव २०७७-७८ मा ६३ थान र आव २०७८-७९ मा ८४ वटा मुद्दा दर्ता भएको तथ्यांकले देखाएको छ ।
मानव बेचबिखनमा आर्थिक वर्ष २०७६-०७७ मा ५ थान, आव २०७७-७८ मा ८ थान र आव २०७८-७९ मा ८ वटा मुद्दा दर्ता भएको तथ्यांकले देखाएको छ ।मानव अपहरण तथा शरिर बन्धकमा आर्थिक वर्ष २०७६-०७७ मा ५ थान, आव २०७७-७८ मा ७ थान र आव २०७८-७९ मा ८ वटा मुद्दा दर्ता भएको तथ्यांकले देखाएको छ ।हातहतियार तथा खरखजाना मुद्धामा आर्थिक वर्ष २०७६-०७७ मा ८ थान, आव २०७७-७८ मा ८ थान र आव २०७८-७९ मा १२ थान रहेको तथ्यांकले देखाएको छ ।
त्यसैगरी सवारी ज्यानमा आर्थिक वर्ष २०७६-०७७ मा ७० थान, आव २०७७-७८ मा ९० थान र आव २०७८-७९ मा ११३ वटा मुद्दा दर्ता भएको तथ्यांकले देखाएको छ ।
उता ठगीमा आर्थिक वर्ष २०७६-०७७ मा १९ थान, आव २०७७-७८ मा २७ थान र आव २०७८-७९ मा ४० वटा मुद्दा दर्ता भएको तथ्यांकले देखाएको छ । त्यसैगरी नागरिकता सम्बन्धी कसुरमा आर्थिक वर्ष २०७६-०७७ मा एक थान, आव २०७७-७८ मा ६ थान र आव २०७८÷७९ मा ३ वटा मुद्दा दर्ता भएको तथ्यांकले देखाएको छ ।
जिल्लामा गत वर्षको असार १६ देखी यो वर्षको साउनसम्ममा कुल दुईहजार ३५ थान मुद्धा दर्ता भएकोमा एक हजार २९७ फछौट भएको र ७३८ चालु अवस्थामा रहेको छ । यसअवधीमा पक्राउ पर्नेमा एक हजार ६७२ पुरुष र ९० जना महिला गरि एक हजार ७६२ रेहको छ । विभिन्न घटनामा फरार रहेको संख्या पुरुष ५५० र महिला ६८ जना रहेको छ । प्रहरीले तीन करोड ३६ लाख ६२ हजार ४० रुपियाँको विभिन्न सामग्री भन्सार बुभलाएको छ । यसका साथै ३१ जना किसानलाई मल सहित जबरजस्ती गिरफन्तार गरि भन्सार बुझाएको थियो ।
Discussion about this post