काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्यका प्रत्यासी, चाैधाैँ महाधिवेशनको केन्द्रीय प्रतिनिधि तथा नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य समेत रहनु भएका नेपाली कांग्रेसका प्रभावशाली युवा नेता डाक्टर अबुल हुसैन अन्सारीले नेपाल महिला संघको अध्यक्ष उषा मिश्रलाई शुभकामना व्यक्त गर्नु भएको छ ।
नेपाली कांग्रेस निकट नेपाल महिला संघको अध्यक्षमा उषा मिश्र मनोनित भएपछि कांग्रेस नेता अबुल हुसैन अन्सारीले भेटघाट गरेर बधाई तथा शुभकामना व्यक्त गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिश्रलाई संघको अध्यक्षमा मनोनित गरेका हुन् ।
नेपाली कांंग्रेस केन्द्रीय कार्यसमितिको २०७८ चैत्र १५ गते बसेको बैठकको निर्णय अनुसार पार्टी सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध भ्रातृ संघ नेपाल महिला संघको अध्यक्ष पदमा उषाकुमारी राउत मिश्रलाई नियुक्त गरेका काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिए ।
सिराहाकी उनी महिला संघको निवर्तमान सचिवसमेत हुन् । यस अघि संघको अध्यक्षको जिम्मेवारीमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी थिइन् ।
Discussion about this post