शुभ नारायण यादव /सप्तरी । पछिल्लोपटक प्रदेश तथा सङ्घकाे चुनावकाेे मिति नजिकिदै जादा मधेश प्रदेशमा विभिन्न पार्टी परित्याग तथा प्रवेश गर्ने लहर शुरु भएको छ । यसे क्रममा जसपा नेपालका युवा नेता तथा जिल्ला सदस्य बिजय यादवकाे नेतृत्वमा विभिन्न पार्टी परित्याग गरि एक दर्जन नेता तथा कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेका हुन । प्रवेश गर्नेहरुमा तिलाठि काेइलाडि गाउपालिका वडा न.१ बेल्हिका परमानन्द राय , बद्रि यादव ,कुशेश्वर यादव , जय किशाेर राय , रन्धिर यादव सहित एक दर्जन नेता तथा कार्यकर्ता जपसा नेपालमा प्रवेश गरेका छन । उनिहरु यसअघि नेपाली काङ्ग्रेस ,नेकपा एमाले , अामाेवादि र लाेसपामा रहेकाे तथा साे पार्टी परित्याग गरि जसपा नेपालमा प्रवेश गरेकाे युवा नेता बिजय कुमार यादवले जानकारी दिए । यसेबिच नव प्रवेशिहरुलाइ जसपा नेपालका केन्द्रीय सदस्य तथा अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले फुलमाला र अबिर लगाएर स्वागत गरेका थिए ।
Discussion about this post