इनरुवा । सुनसरी सदरमुकाम इनरुवा ९ बबियाको सरस्वती माविमा विद्यालय व्यवस्थापन समिति गठन प्रयोजनका लागि मनोनयन दर्ता भएपछि एकाएक स्थगित गरेको निवार्चन प्रकृया सुचारु गर्न आग्रह गर्दै इनरुवा नगरपालिका ९ नम्बर वडा कार्यालयले ज्ञापन पत्र बुझाएको छ । नगरपालिकामा ज्ञापन पत्र बुझाउदै वडा कार्यालयले छिटो निर्वाचन प्रकृया सुचारु नगरे नगरपालिकामा तलाबन्दी र घेराउ गर्ने चेतावनी दिएको वडा अध्यक्ष बसिरमुद्धिन मंसुरीले जानकारी दिए । सरस्वती माविमा विधालय व्यवस्थापन समितिको निर्वाचन प्रक्रिया सुरु गर्न माग गर्दै इनरुवा नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत कपिलदेव मेहता र शिक्षा शाखाका प्रमुख स्वस्तिका दाहाललाई ज्ञापन पत्र बुझाएको छ । इनरुवा नगरपालिकाको वडा नम्बर ९ का अध्यक्ष बसिरमुद्दिन मन्सुरी, वडा सदस्य मनोजकुमार यादव र वडा सदस्य रामसुन्दर मेहता सहितको टोलीले निर्वाचन प्रकृया अगाडि बढाउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
नगर प्रमुखलाई ज्ञापन पत्र बुझाउन गएकोमा प्रमुख केदार भण्डारी कार्यालयमा नभेटिएको र प्रमुख प्रशासकिय अधिकृत समेत आईतबारबाटै कार्यालयमा अनुपस्थिर रहेकाले शाखा प्रमुखलाई ज्ञापन पत्र बुझाएको वडा अध्यक्ष मंसुरीले जानकारी दिए ।
ज्ञापन पत्रमा भनिएको छ, सुनसरीको इनरुवा नगरपालिका ९ बबिया स्थित सरस्वती माविमा यहाँका वडाबासी एवम् नगरबासी आमाबुबा तथा सरस्वती माध्यमिक विद्यालय क्षेत्रका अभिभावक एवं शुभचिन्तकहरुले एक वर्षदेखी विहिन रहेको विद्यालय व्यवस्थापन समिति गठनका लागि तीन पटकसम्म अभिभावक भेला भएको यहाँलाई सर्वविदितै छ ।
सहमतिमा समितिका लागि अभिभावकबाट दुई जना महिला सहित चार सदस्य छनौट नभएकाले त्यसपछि बैकल्पिक विधिबाट विद्यालयको शैक्षिक सुधार र शैक्षिक गुणस्तर कायम गर्ने र व्यवस्थापकिय पक्षमा योगादन गर्ने उद्देश्यले विधालय व्यवस्थापन समिति छनौटका लागि निर्वाचन प्रकया अगाडि बढाएको थियो । त्यसमा भदौ ५ गते दिउसो ४ बजेसम्म सौहार्दपूर्ण वतावरणमा अभिभावकहरुले आ आफ्नो मनोनय समेत दर्ता भएकोमा इनरुवा नगरपालिकाको सोही मितिको पत्रले निर्वाचन प्रकृया अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको घटना प्रति मेरो र वडा कार्यालयको ध्यानाकर्ष भएको छ । आफू वडा अध्यक्ष र कार्यापालिका सदस्य हुदाँ हुदैं के, कुन मितिमा के प्रयोजन र के कति कारणले विद्यालय व्यवस्थापन समिति छनौटमा बाधा अवरोध हुने कुरा देखिए ? किन समिति गठन गर्न नसकने कारण नदिई हचुवाको भरमा , शक्तीको आडमा वडालाई र छनौट समितिलाई समेत कुनै जानकारी नै नदिई एकलौटी रुपमा विधार्थी र अभिभावको भावनामा चोट पुरर्याउने र वडाबासीलाई समेत बेवास्ता गरि भदौ ५ गते मनोनयन दर्ता भएपछिको आकस्मिक निर्वाचन प्रक्रिया अर्को सूचना जारी नभएसम्म स्थगित गरिएकोले मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
वडाको जनप्रतिनिधिको हैसियतमा म विधालय व्यवस्थापन समिति छनौट समितिको सदस्य समेत रहेकोमा मलाई पनि कुनै जानकारी विना अभिभावकको मनोभावना र सदभाव प्रति प्रहार गर्ने काम गरेकोले निन्दा र आपती प्रकट गर्दछु । विधालय व्यवस्थापन समितिका लागि नगरपालिकाबाट राजनीतिक हस्तक्षेप स्वरुप निर्धारण गरेको प्रकृया नै स्थगित गरिएको हुँदा गठन प्रकृया अविलम्ब सुचारु गर्न जोडदार माग गर्दछु ।
यस विधालयमा एक वर्षदेखी समिति विहिन हुदाँ शैक्षिक गुणस्तरमा असर पर्नुका साथै शिक्षकको अभावले पठनपाठन समेत प्रभावित हुदै आएकाले तत्काल आजैको मितिबाट यथासिघ्र प्रकृया अगाडि बढाउन जोडदार माग गर्दछु । यसलाई प्रकृया अनुसार अगाडि नबढाइएको खण्डमा वडा, नगर र विद्यालयमा हुन सक्ने सम्भावित जोखिमको समेत सम्पूर्ण जिम्मा नगरपालिकालाई नै लिनुपर्ने अनुरोध सहित जानकारी गराउदछु । उल्लेख गरिएको छ ।
यता नगर प्रमुख भण्डारी शाखाका प्रमुखको आग्रहमा स्थगित गरिएको प्रतिकृया दिनुभयो भने शाखा प्रमुख दाहालले नगर प्रमुखका कारणले स्थगित भएको प्रतिकृया दिनुभयो । निमित्त प्रमुख प्रशासकीय अधिकृत कपिलदेव मेहताले आफूलाई थाहा नै नदिई गुम्राहामा पारि स्थगितको पत्रमा सही गर्न लगाएको प्रतिकृया दिए । सहज वतावरणमा निर्वाचन गर्न र शिक्षा शाखाले सुचारुको पत्र ल्याए आफूले फेरी सही गर्ने दावी गरे ।
Discussion about this post