शुभ नारायण यादव /सप्तरी । पछिल्लोपटक सप्तरीमा सशस्त्र प्रहरीले सक्रियता देखाएपछि अबैध समानहरु धमाधम धरपकड र बरामद हुन थालेका छन । साेहि क्रममा सशस्त्र प्रहरीले सप्तरीको विभिन्न सिमावर्ति नाकाबाट लाखौंको अबेध समानहरु बरामद गरेकाे हाे । सशस्त्र प्रहरी बिओपि छिन्नमस्ताका सय राम एकवाल यादवकाे कमान्डमा खटिएको टाेलिले ५२ हजार ५०० मूल्य बराबरकाे अबेध समान बरामद गरेकाे छ । भारतबाट अबेध रुपमा नेपालतर्फ भन्सार छलि ल्याउदे गरेकाे अवस्थामा सशस्त्र प्रहरीले कपडा , एलइडि टिभि र भाडावर्तन गरि साे मूल्य बराबरकाे समान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल ६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खडकाले जानकारी दिनुभयो । उहाँका अनुसार त्यस्तै सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिका वडा न.१ काेशि ब्यारेजबाट सशस्त्र प्रहरीले पाउडर दूध ३० प्याकेट , चिनि ६० किलाे , रजनिगन्धा ४०५ पिस र बाबा तुलसि गरि कुल २८ हजार ७७५ रुपेया बराबरको अबेध समान बरामद गरेका छन । सुरक्षा बेश भारदहका असय लक्ष्मि यादवकाे कमान्डमा खटिएको टाेलिले भारतबाट अबेध रुपमा भन्सार छलि नेपालतर्फ साइकलमा बाेकि ल्याउदे गरेकाे अवस्थामा उक्त समान बरामद गरेकाे सशस्त्र प्रहरीले जनाएको छ । त्यसैगरी सप्तरीको तिलाठि काेइलाडि गाउँपालिका वडा न.५ स्थित टिकुलियाबाट सशस्त्र प्रहरीले आलु २०० किलाे , लसुन ४० किलाे ,प्याज ९२ किलाे , चामल ९५ किलाे गरि कुल १९ हजार ४५० मूल्य बराबरको अबेध समान बरामद गरेकाे छ । भारतबाट अबेध रुपमा नेपालतर्फ भन्सार छलि लुकि छुपि ल्याउदे गरेको अवस्थामा बिओपि बर्साइनका सशस्त्र प्रहरी निरिक्षक केशव शरण मेनालिकाे कमान्डमा खटिएको टाेलिले साे अबध समान बरामद गर्न सफल भएको छ । यता बरामद गरिएका अबेध समानहरुलाइ आवश्यक अनुसन्धानकाे लागि राजविराज भन्सार कार्यालय तिलाठि पठाइएको सशस्त्र प्रहरी ६ न. गणले जनाएको छ । पछिल्लोपटक सप्तरीकाे विभिन्न सिमावर्ति नामाहरुमा सशस्त्र प्रहरीले सक्रियता बढाएपछि धमाधम अबेध समानहरु फेला पर्न थालेको गणपति खडकाले जानकारी दिनुभयाे । यता सिमानामा सशस्त्र प्रहरीले धडपकड शुरुवात गरेपछि सप्तरीका तस्करहरु भागाभाग हुनुका साथै बिस्थापित हुने अवस्थामा पुगेकाे सिमानाका जानकारहरुकाे कथन रहेकाे छ ।
Discussion about this post