इनरुवा । सुनसरीमा नेपाल ठाकुर समाजले आफ्नो अधिकारकाे खाेजी गर्न थालेका छन् ।
नेपाली कांग्रेस पार्टीको १२ वटा भातृ संस्था मध्ये नेपाल ठाकुर समाज पनि एउटा खम्बा भएको भन्दै नेपाल ठाकुर समाज प्रदेश नम्बर १ का अध्यक्ष तथा नेपाल नाई संघ प्रदेश नम्बर १ का सचिव जयप्रकाश ठाकुरले आफ्नो समुदायको हकहितका लागि आवाज उठाएका छन् ।
उनलेे प्रदेश प्वाइन्ट अनलाइन मिडियासँग कुरा गर्दै भनृ नेपालमा लगभग ३ लाख जनसंख्या रहेको ठाकुरहरू आफ्नो हकअधिकारबाट बन्चित रहेको भन्दै नेपाली कांग्रेसले आउदो संघीय तथा प्रदेश निर्वाचनमा ठाकुर समुदायबाट पनि सहभागी गराउनुपर्ने बताएका हुन् ।
उनलेे भने नाई,हजाम,सविता,शर्मा,सेन,आदि विभिन्न टाइटलले जनाउने ठाकुरहरु कुनैं न कुनै संगठन चाहे ठाकुर समाज होस, चाहे नाई संघमा आबद्ध रहेका छन् ।
साे मध्ये कम्तीमा ९५%ठाकुर समुदाय नेपाली कांग्रेस पार्टीमा आबद्ध रहेको र साेही पार्टीको भोट बैंकको रूपमा जहिल्यै प्रयोग भइरहेका छन् ।
नेपाल ठाकुर समाज प्रदेश नम्बर १ का अध्यक्ष तथा नेपाल नाई संघ प्रदेश नम्बर १ का सचिव जयप्रकाश ठाकुरले भने नाई प्रायः सबैको प्रिय पात्र हुने भएकोले पार्टी लाई जिताउन अहम भूमिका खेल्दै आएपनि पार्टीले यसपटक उचित मुल्यांकन गर्नुपर्ने माग गरेका छन् ।
उनलेे भने म नेपाली कांग्रेस पार्टीको अगुवा,शीर्ष नेता ज्यूहरु संग सोध्न चाहन्छु ? मेरो प्रश्न छ पार्टीका नेता ज्यू हरुसंग
नेपाली कांग्रेस पार्टीले जहिले पनि नेपाल ठाकुर समाज र नेपाल नाई संघ लाई दरकिनार गरी सौतेला को व्यवहार किन?
अरु भातृ संस्था, स्वेच्छुक संस्था झैं विश्वास गरी नेपाली कांग्रेसले पार्टीको काम ,जिम्मेवारी, सरसल्लाह को अधिकार बाट वञ्चित किन?
नेपाली कांग्रेस पार्टीले अहिले सम्म समानुपातिक सांसद,प्रतिनिधि सभा,प्रदेश सभामा भएपनि ठाकुर समाज, नाई संघबाट प्रतिनिधित्व नगराएको भन्दै आराेप लगाएकाे छ ।
उनले भने हाम्रो जोडदार माग ठाकुर समाजबाट समानुपाति तर्फ प्रत्येक प्रदेशमा ३ जना प्रदेश सांसद र १ जना संघीय संसद नेपाली कांग्रेस पार्टीबाट बनाउनेपर्ने बताए ।
Discussion about this post