इनरुवा — सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका सदानन्द मण्डललाई कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रीको रूपमा नियुक्त गरिएको छ। हालै प्रदेश सरकारको मन्त्रिपरिषद पुनर्गठन गर्दै मण्डललाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएको हो। मण्डलले यसअघि पनि विभिन्न राजनीतिक र सामाजिक जिम्मेवारीहरू कुशलतापूर्वक निर्वाह गर्दै आएका छन्।
मण्डलको नियुक्तिसँगै कोशी प्रदेशको प्राकृतिक स्रोतसाधन संरक्षण, पर्यटन विकास, र वातावरणीय सन्तुलनलाई थप मजबुती प्रदान गर्ने बताएका छन् । उनले प्रदेशको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने र पर्यावरणीय तथा वन्यजन्तु संरक्षणमा नयाँ पहलहरू अघि बढाउनेमा आफू पछि नहट्ने जानकारी दिएका छन्।
Discussion about this post