इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीकाे प्रमुखका रुपमा सरुवा भएर आएका एसपी प्रभु ढकालले आफू एक इमानदारी प्रहरी भएर नागरिकको सेवामा खटिने बताए । प्रदेश प्वाइन्ट अनलाइन मिडियासँग बाेल्दै उनले आफूले कसैलाई पनि वायस नगरी सेवा प्रवाहमा तल्लिन रहने बताए । ‘ म यहाँ राज गर्न आएको हैन प्रहरी भएर सेवा गर्न आएको हुँ,’ उनले, ‘ एउटा असल प्रहरी प्रहरी जस्तै भएर काम गर्नु पर्छ, तब मात्रै समाजमा शान्ति कायम गर्न सम्भव हुन्छ ।’
त्यस्तै उनले काम गर्ने क्रममा आफू र आफू मातहतका कुनैपनि प्रहरी वा अधिकारीबाट गल्ति भए तुरुन्तै खबर दिएर सच्याउन अवसर दिन पनि आग्रह गरे । उनले भने, ‘एक पटकलाई सच्याउन र सुधार्न मिल्ने कुराहरू भए अवसर दिनुहोला । नमिल्ने खाले गल्ति भए नभन्नु होला, स्वत कानुन आकर्षित भइहाल्छ ।’ उनले मुख्य गरि तीन विशेषमा ध्यान केन्द्रित गरेर काम गर्ने पनि बताए । उनले समाजिक अपराध न्यूनिकरण, महिला तथा बालबालिका माथि हुने हिंसा र लागू औषधको अवैध कारोबार नियन्त्रण गर्न रात दिन नभनी खटिने पनि उल्लेख गरे ।
उनले प्रदेश प्वाइन्टसँग कुरा गर्दै भने कुनै पनि नागरिक बर्दी बिनाको प्रहरी हुने भन्दै एउटा जिम्मेवार नागरिकले समाजमा भएका र हुने सम्भावना रहेका घटनाबारे समयमै प्रहरीलाई सूचना दिएर जिम्मेवारी निर्वाह गर्न सुझाव दिएका हुन् । उनले भने,‘ एउटा मात्रै ज्यान जोगाउन सकियो भने ठूलो कुरा हो ? विषादी सेवनबाट हुने लगायतका आत्महत्या न्यूनिकरणमा समाजसँगै मिलेर काम गर्न तयार छु । महिला र बालबालिका माथि हुने हिंसा विरुद्ध प्रहरी खरो उत्रने छ ।
त्यस्तै सुनसरी जिल्लाको सीमावर्तीमा क्षेत्र लाैकही, भन्टावारी, भिमनगर लगायतका क्षेत्र लागू औषधको ट्रान्जिट प्वाइन्ट बनाउन खोजिएको भन्दै उनले त्यस विरुद्ध काम गर्ने बताए । उनले जिल्लामा भारतबाट प्रशोधित भएको लागू पदार्थ आउने र आसपासका पहाडी क्षेत्रमा प्राकृतिक रुपमा पाइने कच्चा पदार्थ भारत सप्लाइ हुने भन्दै आफ्नो प्रयास त्यस्ता गैर कानुनी र समाजलाई कुलतमा फसाउनेहरू विरुद्ध केन्द्रित हुने पनि बताए ।
उता प्रहरी उपरीक्षक ढकालले सुनसरी जिल्लामा दिनरात नभनी सीमावर्ती क्षेत्रमा कडा डियुटी गरिरहेका छन् ।
Discussion about this post