मान बहादुर ठकुल्ला /टीकापुर । टीकापुरको सिटी हलमा हुने सम्मेलनको २४ गते बिहान साढे १० बजे सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रि त्रिलोचन भट्टले उद्घाटन गर्नुहुनेछ ।
२१ वर्षपछि टीकापुरमा हुन गइरहेको नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलनको तयारी पुरा भएको छ । बिहीबार टीकापुरमा पत्रकार सम्मेलन गरी क्षेत्र ‘घ’ सम्मेलनको तयारी पूरा भएको आयोजकले जानकारी गराएको हो । नेपाल जेसीजको आयोजना तथा टीकापुर जेसीजको आतिथ्यतामा २४ शुक्रबारदेखि शुरु हुने २ दिने सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको सम्मेलनका निर्देशक नवराज रावलले जानकारी गराउनु भयो । मञ्च व्यवस्थापन, स्वागत गेट निर्माण, बाहिरबाट आएका पाहुनाहरुलाई खाने बस्ने सम्पूर्ण व्यवस्था गरीएको टीकापुर जेसीजका अध्यक्ष टोप प्रकाश विकले जानकारी दिनुभयो । यो क्षेत्रको प्रचार प्रसार तथा कृषी पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्य रहेको सम्मेलनमा देशभरीबाट १८ देखि ४० वर्ष उमेर समुहका करिब १ हजार युवाहरु सहभागि हुने छन् ।
सम्मेलन व्यवस्थापनमा करिब ९० लाख खर्च हुनेछ भने सम्मेलन अवधिमा यो क्षेत्रमा ३ करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । सम्मेलनमा सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका ३३ जिल्लाका ५५ ओटा जेसीजका शाखा अनिवार्य रुपमा तथा अन्य देशैभरीका शाखाका प्रतिनिधिहरु पनि सहभागि हुनेछन् । बाहिरबाट आएका पाहुनाहरुलाई खान र बस्नको लागि टीकापुर लगाएत आसपासका बजार चिसापानी, लम्की, बौनीया, राजापुरसम्मका होटेलहरु बुक गरीएका आयोजकले जनाएको छ । २४ गते बिहान साढे १० बजे उद्घाटन हुने सम्मेलन २५ गते साँझ साढे ५ बजे टीकापुर घोषणा–पत्र जारी गर्दै सम्पन्न हुने नेपाल जेसीजका राष्ट्रिय कार्यकारी उपाध्यक्ष तथा सम्मेलनका सभापति अनिल बहादुर शाहीले जानकारी दिनुभयो ।
यसअघि टीकापुरमा सन् २००१ मा नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलन भएको थियो ।
Discussion about this post