जयकृष्ण यादव / इनरुवा । सुनसरीको गढी गाउँपालिकामा विपद जोखिम व्यवस्थापन सम्बन्धी एकदिने बारेमा तालिम सम्पन्न सम्पन्न भएको छ । गाउँमा विपद व्यवस्थापन तथा योजना निर्माण र अभ्यास समेत गर्ने गरि तालिम सम्पन्न भएको हो ।
तालिममा सहभागिहरुमा गढी गाउँपालिकाका अध्यक्ष आशनारायाण चौधरी, उपाध्यक्ष अनिताकुमारी साह, प्रमुख प्रशासकिय अधिकृत त्रिलोचन न्यौपाने, सबै वडाका अध्यक्षहरु तथा शाखा प्रमुखहरु रहनुभएको थियो ।
कार्यक्रममा प्राकृतिक प्रकोपहरु जस्तैः भूकम्प, आगलागि, बाढी पहिरो, हावाहुरी, वायुप्रदुषण, शीतलहर लगायतबाट हुने हानी नोक्सानी र जोखिम कम गर्न तालिम आयोजना गरिएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक उज्जबल बस्नेत र सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश कुमार बोहराले मुख्य रुपमा सहजीकरण गरेका थिए ।
तालिममा सहभागीहरुलाई प्रयोगात्मक रुपमा प्राकृतिक विपद आउनु अघि, आएको समयमा र विपद आइसकेपछि जोखिम न्यूनीकरण गर्न कसरी तयारी गर्ने ? भन्ने बारेमा तालिम प्रदान गरिएको मुख्य सहजकर्ता बस्नेतले बताउनुभयो ।
आइतबार तालिम समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष आशनारायाण चौधरीले गाउँ तथा वडामा यस्ता तालिम हुनु सराहनीय कार्य भएको धारणा व्यक्त गर्नुभयो । तालिम समापन कार्यक्रममा तालिम पछि गाउँ तथा वडाको सेरोफेरो प्राकृतिक विपदको जोखिमबाट हुने क्षतीबाट बच्न उल्लेख्य सहयोग हुने विस्वास व्यक्त गर्नुभयो ।
तालिम समापन कार्यक्रममा बोल्दै अधिकारकर्मी लखनलाल साहले विपदबाट हुने क्षति न्यूनीकरण गर्नलाई वडा र गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरेर सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
Discussion about this post