जुगेश दास, देवानगंज । सुनसरीको देवानगंज गाउँपालिका वडा २ बजार स्थिति रहेको काली मन्दिरमा कलश यात्रा सम्पन्न भएको छ ।
प्रत्येक बर्ष लक्ष्मि पुजाको अवसरमा निकालिने कलश यात्रा यस पाली शुक्रबार सम्पन्न गरेको हो।
यस पालिको कलश यात्रामा करिव २ हजार कलश यात्रीहरुको सहभागिता रहेको कालि मन्दिर समितिका अध्यक्ष सराेज कुमार भगतले जानकारी दिएका हुन ।
कलश यात्रा काली मन्दिरको प्राङ्गण बाट करिव ४ किलो मिटर पाईदल यात्रा गरि बुढी खोला बाट कलश मा जल भरि मन्दिरमा कलश स्थापित गरिएको थियो।भने कलश यात्रामा उराँव सामुदाय द्वारा धार्मिक तथा सान्सकृतिक झल्किने खालको नृत्यहरु समेत प्रदर्शन गरेका थिए । कलश यात्रामा काली मन्दिर मेला समितीका अध्यक्ष सन्ताेष भगतले कलश यात्रामा रिवन काटेर उद्वघाटन गर्नु भएको थियाे । भने वडा नम्बर३ का वडा अध्यक्ष अनिल कुमार भगत,वडा नम्बर ४ का वडा अध्यक्ष सुशील मेहता, वडा नम्बर ५ का वडा अध्यक्ष मनाेज मण्डल , वडा नम्बर ६ का वडा अध्यक्ष हरिन्नदन मेहता, वडा नम्बर ७ का वडा अध्यक्ष सुर्यनरायण यादव , देवानगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामराज पाैडेल , ईलाका प्रहरी कार्यलायका प्रहरी निरिक्षक बद्री दहाल र कप्तानगंज आउट पाेस्टका प्रहरी निरिक्षक सितल श्रेष्ठ सहित स्थानिय जनप्रतिनिधि ,बुद्धिजीवी र स्थानियवासिहरुको समेत कलश यात्रामा सहभागिता रहेको थियो।
Discussion about this post