इनरुवा । सुनसरी गाउँपालिको भोक्राहा नरसिंह गाउँपालिकामा रहेका सामुदायीक विद्यालयहरुमा गुणस्तरीय शिक्षा नपाएका विद्यार्थीहरुले आरोप लगाएका छन् ।
भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५, ६ र ७ का झण्डै ३ सय विद्यार्थी गुणस्तीय शिक्षाको खोजीमा छिमेकी पालिका इनरुवा नगरपालिका स्थित रहेको सरस्वती माध्यमिक विद्यालय रोजेका छन् ।
भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५, ६ र ७ का झण्डै ३ सय विद्यार्थीहरु इनरुवा नं.९ बवियाको सरस्वती माविमा अध्ययनको लागि आइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकृष्ण यादवले जानकारी दिए ।
उनले दिएको जानकारीअनुसार छिमेकी पालिकाबाट आउने विद्यार्थीहरुलाई स्कुल परिवारको तर्फबाट स्वागत गर्दै सम्प्र्ण विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न आफु पछि नपर्ने बताए ।
उता भोक्राहा नरसिंंह गाउँपालिका वडा नम्बर ७ मा रहेका जनता माध्यमिक विद्यालयका शिक्षकहरु दैनिक राजनीतिक गफमा मात्रै व्यस्त बनेका कारण हाम्रो भविष्य माथी खेलवाड गर्ने गरेको विद्यार्थीहरुको आरोप छ ।
उता भोक्राहा नरसिंह गाउँपालिका अन्तरत रहेका विभिन्न वडाका धनि परिवारका अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई गुणस्तरीय शिक्षाका लागि काठमान्डौँ, विराटनगर, इटहरी र धरान पठाउने गरेका छन् ।
Discussion about this post