आशिष यादव / दुहबी
नेपाली काँग्रेस क्षेत्र नम्बर ३ सुनसरीको आयोजनामा आसन्न मंसिर ४ गते हुने संघिय तथा प्रादेशिक उमेदवार लाई जिताउन निर्वाचन परिचालन तथा प्रचार प्रसार गर्नका लागि बाम – लोकतान्त्रिक गठबन्धन चुनाव प्रचार प्रसार समितिको संम्पर्क कार्यलय उद्घाटन गरिएको छ ।
आज प्रमुख अतिथी सुनसरी क्षेत्र नम्ब ३ प्रतिनिधि सभा सदस्य पदका उमेदवार बिजय कुमार गच्छादारले उद्घाटन गरेका छन् ।
सुनसरी क्षेत्र नम्बर ३ का सभाप्ती मेहेदि हुसैनको सभापतित्वमा बिशिस्ट अतिथिहरु प्रदेश सभा क का सरस्वती पोखरेल, प्रदेश ख का बिन्देवर यादव, कल्पना चौधरी, कल्पना कार्की, लगायतको उपस्थितिमा उक्त उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा नेपाली काँग्रेस प्रति आस्थावान् नेता, कार्यकर्ता, माहाधिबेशन प्रतिनिधि, जिल्ला तथा क्षेत्रका प्रतिनिधि तथा सदस्य, नगरपालिका गाउँपालिका , वडा , टोल समितिका पदाधिकारी तथा सदस्यहरु, बिभिन्न भातृ तथा सुभेशुक संस्थाका प्रतिनिधि तथा सदस्यहरु लगायत सम्पुर्ण क्षेत्र नम्बर ३ निवासी आमा बुबा दाजुभाइ दिदिबहिनिहरु लगायत बाम लोकतान्त्रीकका नेता कार्यकर्ताहरुको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभाका उमेदवार बिजय कुमार गच्छादारले अब समय अतिनै छोटो भएको हुदा एक मिनेट पनि खेर नफालि मैदानमा खटिन आव्हान गरेका छन्। आफ्नो जन्मथलो , रगत पसिना बगाएको जन्मभुमिका जनताले आफुलाई जिताएरै छाड्ने उनले ठोकुवा गरेका छन्।
प्रतिपक्षि उमेदवार प्रति लक्षित गर्दै उनले आफु सँग सिरक र बृफकेश बाढ्ने सम्पत्ति नभए पनि ५५ बर्षे राजनिति इतिहासमा कमाएको जनताहरु नै अमुल्य सम्पति भएको हुँदा त्यो सम्पत्ति कहिल्यै खेर नजाने र यो पटक पनि बिजयी गराउने आफु आशाबादी रहेको बताए ।
Discussion about this post