इनरुवा । सुनसरी निर्वाचन क्षेत्र नम्बर २ क प्रदेशसाभाका उम्मेदवार एंव सुनसरी मोरगं सिचाई योजना जलउपभोक्ता समितिका अध्यक्ष रामप्रसाद मेहताले सिंचाईको नाममा भ्रष्टचार गरेको आरोप बाहिर आएको छ । स्थानीय किसानहरुले पारिवारिक रुपमा रामप्रसाद मेहताले जलउपभोक्ता समितिको निर्माणदेखी मर्मतसम्मको विभिन्न शिर्षकमा सिंचाईको नाममा भ्रष्टचार गरेको आरोप सहित इनरुवाका स्थानीयहरुले छानविनको माग गरेको छ । सिंचाईमा नहरको अधिक्रमण बढेको बेला त्यसमा ध्यान नदिई कागजी घोडा दौडाएर करौडोको आर्थिक अनियमितता गरेको भन्दै इनरुवा २ का स्थानीयहरुले छानविन र कार्वाहीको माग गरेका हुन् । दुई दशक अघिसम्म सामान्य आर्थिक हैसियत भएका साविक काग्रेंसका नेताको खोल ओडेर र अहिले एमालेको नेताको खोल ओडेर जल उपभोक्ता समितिका अध्यक्ष समेत रहेका रामप्रसाद मेहताले सिचाईको नाममा भ्रष्टचार गरेको वर्षौदेखी आरोप बाहिर आएपनि कार्वाही नभएको भन्दै स्थानीयले असन्तुष्टी पोखेका छन् । मेहताले शंकरपुर शाखा , शिशुवा शाखा, सितागञ्ज शाखा सहितका विभिन्न नहर तथा माईनर नहरको डिल निर्माणदेखी नहर मर्मतसम्भार र नाला तथा झर्ना सफाईको नाममा बार्षिक एक करोड बढी सिचाईकै अधिकारीसंगको मिलिभगतमा अनियमितता गरेको समितिहरुले आबाज उठाएपनि सुनुवाई नभएको आरोप बाहिर आएको छ । केही स्थानीयहरुले मेहताको सम्पती छानविन गर्न राष्ट्रिय सतर्कता केन्द्र र सम्पती शुद्धिकरण आयोगमा उजुरीको तयारीमा जुटेको बताएका छन् । नाम उल्लेख नगर्ने शर्तमा एक युवाले भने रामप्रसाद मेहताले सिंचाईको नाममा वार्षिक करौडो भ्रष्टचार गरेको कुरा उनको लुवाईखुवाई र सवारी तथा घर निर्माणले नै पुष्टी गरेको छ । उनको घरजग्गा र उत्पादन तथा उनकै भाई प्रधानाध्यापक रहेको बालमन्दिर माविमा छोरालाई करारे जागिरको भरमा टिनको घरबाट पक्की घर कसरी सम्भवन भएको भन्दै प्रश्न उठाएका छन् ।
Discussion about this post