टीकापुर / कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको छ ।जिल्लाको भजनी नगरपालिका–६ को नवलपुरस्थित भित्री सडकखण्डमा ना२ख १३८१ नम्बरको ट्रकले बा८६प ३४८७ को मोटरसाइकललाई ठक्कर दिंदा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाअनुसार दुर्घटनामा मोटरसाइकल चालक भजनी नगरपालिका–६ बस्ने २१ वर्षीय अविशेक चौधरीको मृत्यु भएको हो भने पछाडि सवार धिरेन्द्र चौधरी समान्य घाइते भएका छन् ।यता टीकापुरमा पनि दुर्घटनामा परि एक जनाकाे ज्यान गएकाे छ ।
टीकापुरको खड्ग चोक नजिकै आज बिहान साढे आठ बजेतिर बसले च्यापिएर एकजनाको ज्यान गएको छ । प्रहरीका अनुसार लम्कीचुहा नगरपालिका वडा नं. १ का ४० वर्षका विष्णु देवकोटाको ज्यान गएको हो । उनी ना ५ ख ५८७२ नम्बरको बसको ढोकाबाट खसेर च्यापिएको प्रहरीले जानकारी दिएको छ । उनी सो बसका मालिक हुन । टीकापुरबाट धनगढी जान लागेको बसमा यात्रु चढाउने क्रममा मृतक देवकोटा ढोकाबाट झर्ने क्रममा अल्झिएर खसेको प्रत्यक्षदर्शीले बताएका छन । उनी ढोकाबाट खसेपछि बसको पछाडीको चक्कामा च्यापिएका थिए । मृतक देवकोटाको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ ।
Discussion about this post