इनरुवा । मैथिली भाषाका एउटा भनाइ छ त्याे भनाइ हाे “सुप पिटके उट नाइ हरकैत अइछ” अहिले त्यस्तै भएको छ सुनसरीको चुनावी माहोलकाे दिनप्रतिदिन उथलपुथल भइरहेका छन् ।
यतिबेलाकाे चुनावी माहोलकाे कारण सुनसरीका केही युवाहरू विभिन्न व्यक्तिहरूकाे निशानामा परेका छन् ।
त्याे निशानामा परेका युवा मध्ये एक हाे, सुनसरी ४ नम्बर निर्वाचन क्षेत्रमा फेसवुकबाट स्थानीय नेतृत्वको पक्षमा आफ्नो विचार पोष्ट गर्दै आएका नेपाली कांग्रेसका युवा नेता चन्दन यादवलाई सुनसरी प्रशासनले सोधपुछ गरेको छ ।
सुनसरी लौकही घर भई इनरुवामा व्यापार व्यापार व्यवसाय गर्दै आएका नेपाली कांग्रेसका युवा नेता चन्दन यादवले नेपाली कांग्रेस पार्टीको चारतारे झण्डालाई कालो बनाएर प्रोफईल पिक्चरमा राखी ‘एवरी नैत कहियो नै, एक पटक यसै पटक’ नाम राखेर स्थानीयताको वकालत गर्दै फेसवुकमा आफ्ना पोष्ट गर्दै आएका थिए ।
उनको पोष्टलाई लिएर यादवलाई सामाजिक सदभाव र एकता खल्बलाउने शब्द लेखेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले उनीसँग सोधपुछ गरेको हो ।
यादवले विकास र स्थानीयताको सवालमा केन्द्रित रहेर आफुले संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताका अधिकार प्रयोग गरि फरक विचार लेखेको आधारमा प्रमुख जिल्ला अधिकारी, तीनवटा सुरक्षा निकायका प्रमुखहरुले प्रशासन कार्यालयमा बोलाएर सोधपुछ गर्नुका साथै घम्कीयुक्त चेतावनी दिएको आरोप लगाए ।
यादवले सोमबार इनरुवामा सञ्चारकर्मीहरुसँगको कुराकानीमा सुनसरी क्षेत्र नम्बर ४ का स्थानीय नेताहरुलाई अवसरबाट बञ्चित गर्दै बाहिरबाट आएका नेताले बारम्बार टिकट पाएको भन्दै स्थानीय नेतृत्वको पक्षमा फेसवुकमा विचार भावना लेखेर पोष्ट गर्दा संविधानले दिएको अधिकारबाट बञ्चित गराउने गरि सुनसरी प्रशासनले त्यस्तो नगर्न चेतावनी दिएको बताए ।
पारिवारिक रुपमै नेपाली कांग्रेसमा बाल्यकालदेखि हालसम्म आवद्ध रहँदै आएकाले पार्टीमा ५०औं वर्षदेखि योगदान दिएका नेताहरुलाई अवसर बञ्चित गराएपछि लोकतान्त्रिक पार्टीमा खुल्ला रुपमा फरक विचार लेख्दा सत्ताको बल प्रयोग गरि केही नेताले आफ्नो अभियानमा हस्तक्षेप गरि विचलित बनाउन खोजेको यादवले दावी गरे ।
यादवले भने, ‘संद्यियताको मर्म भावना विपरित लामो समयदेखि सुनसरी ४ नम्बर क्षेत्रको भुगोलमा पार्टी राजनीति संगठन गर्ने स्थानीयहरुलाई पाखा लगाउँदै बाहिरको नेतृत्वले संसदीय राजनीतिमा हस्तक्षेप गरि उम्मेदवार बनेर आउने चुनाव जितेर जाने परम्परा कायम भएकाले आफु खुलेर गलत प्रवृतीको विरोधमा वहसमा उत्रिएपछि पार्टी भित्रैकै नेताले सत्ताको आडमा प्रहरी प्रशासनको दुरुपयोग गरि युवा वर्गलाई उत्तेजित बनाउने भड्काउने तनावपुर्ण अवश्था सृजना गराउने खालको क्रियाकलाप हुनु दुखःद हो ।
यादवले दोस्रो जनआन्दोलन, मधेश आन्दोलन र आदिवासी जनजातिको आन्दोलन पश्चात सयौ सहिदको बलिदानीबाट प्राप्त संद्यिय लोकतन्त्रिक गणतन्त्रको पक्षधर व्यक्ति भएको नाताले स्थानीयताको सवालमा पार्टी भित्रै बसेर र बाहिरबाट लेखेर बोलेर छापेर केन्द्रीय शासन पद्धतीको विरोधमा सदैव लागिरहने आफ्नो अभियान कुनै पनि दवाव, घम्की, शारीरिक वा मानसिक यातनाबाट पछि नहटने बताए ।
उनले सवै जात धर्म सम्प्रदायको सम्मान गर्दै सामाजिक एकता, सदभाव र मेलमिलापलाई कायम राख्न गम्भीर भएर लागिरहने र कसैको व्यक्तिगत र सामाजिक पारिवारिक जिवनमा असर पर्ने काम नगर्नेतर्फ गम्भीर र प्रतिवद्ध भएकाले राजनीतिक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, मौलक अधिकार, सामाजिक र कानुनी न्यायको सम्मान र पालना सवैपक्षबाट समान रुपमा हुनुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादवले चन्दन यादवको पोष्टहरुले धार्मिक सद्भाव विथोल्न सक्ने स्थिति देखिएकोले उनलाई सचेत गराउँदै उनको पछिल्लो पोष्टको विषयमा उनीसँग बयान लिएको जानकारी दिए ।
उनले संविधान प्रदत्त नागरिकको विचार र अभिब्यक्तिको स्वतन्त्रताको पक्षमा जिल्लाको सुरक्षा र प्रशासन रहेको भन्दै धार्मिक सद्भाव भड्काएर चुनावलाई प्रभावित पार्न सक्ने विषय भएकोले आफूहरुले चन्दन यादवसँग बयान लिएर सोधपुछ गरेको बताए ।
Discussion about this post