रबिन्द्र यादव / नवलपरासी पश्चिम ।
नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका वडा नं ४ मा खुकुरी प्रहार बाट एक जना पुरुषको मृत्यु भएको छ भने एक जना महिला गम्भीर घाईते भएकी छिन । बर्दघाट नगपालिका वडा नम्बर ४ स्थित हाटबजार नजिकैको एक घरमा अपरिचित ब्यक्तिको खुकुरी प्रहारबाट ४६ बर्षिय पुरुषको मृत्यु भएको छ भने अन्दाजी ४७ बर्षिय महिला घाईते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेले घाईते महिलालाई उपचारका लागि चिसापानी अस्पतालमा लगिएकोमा थप उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवामा पठाईएको जानकारी दिए ।
घटना स्थलमा प्रहरीले अनुसन्धानको कार्य सुरु गरिसकेको छ । अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी सुस्ता पश्चिमको टोली आएर आवश्यक कार्य अगाडि बढाएको छ ।
हत्या कसले र किन गरेको भन्ने विषयमा केही खुलेको छैन । घटना स्थलमा हत्याका लागि प्रयोग गरिएको एक थान खुकुरी र एक पर्स फेला परेको छ । पर्समा मृतकको नागरिकता संगै नौमती बाजामा बजाउने सनाई समेत भेटिएको छ । नागरिकतामा दिलिप कुमार पुन नाम उल्लेख गरिएको छ भने ठेगाना जिल्ला बाग्लुङ जलजला उल्लेख गरिएको छ । प्रहरीले अनुसनधानका लागि कुकुर सहितको टोली खटाएको छ ।
हत्यामा संलग्न भएको व्यक्तिको खोजी कार्य भैरहेको प्रहरीले बताएको छ ।
Discussion about this post