मान बहादुर ठकुल्ला/टीकापुर । कैलालीको टीकापुरमा पाटेबाघको आक्रमणबाट एक महिला घाइते भएकी छन्। टीकापुर नगरपालिका वडा नं १ ब्लक नं १५ की ढुन्की कठायत पाटेबाघको आक्रमणबाट घाइते भएकी हुन् ।
घाइते कठायतको पाखुरा, छाती, पिठ्यु, कानमा चोट लागेको छ। खोटेना भुराखानी र रानी कर्णाली सामुदायिक वन उपभोक्ता समूहको जंगलमा कठायतमाथि बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख हेम बहादुर शाहीले जानकारी दिएका छन । घाइते कठायतको टीकापुर अस्पतालमा उपचार भइरहेको छ।
Discussion about this post